बुटवल,साउन २१ ।
अग्रज पत्रकार चेतन पन्तको निधन भएको छ । पन्तको आइतबार राती ९ः१० बजे निधन भएको उनका भाइ रवि पन्तले बताए । विगत २ वर्षदेखि क्यान्सर रोगबाट ग्रसित पन्तको सिद्धार्थनगर नगरपालिका–६ दुर्गाकलोनीस्थित आफ्नै निवासमा निधन भएको हो ।
पन्त पछिल्ला वर्षहरुमा लुम्बिनीको प्रचारप्रसारमा लागेका थिए । उनले अमेरिका लगायत विभिन्न देशमा पुगेर लुम्बिनीका मायादेवी मन्दिर, अशोक स्तम्भ, शान्ति दीप लगायतका फोटो प्रदर्शन गर्दै प्रचार गर्ने गरेका थिए ।
६६ वर्षको उमेरमा निधन भएका पत्रकार पन्तको सोमबार बिहान सिद्धार्थनगर–१२ स्थित स्वर्गद्वारी घाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।स्वर्गीय पन्तका श्रीमती र दुई छोरा छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)