बुटवल,साउन २० ।
नेपाल इञ्जिनियर्स एशोसियसन लुम्बिनी प्रदेश समितिमा त्रिपक्षिय प्रतिस्पर्धा हुने भएको छ । नेपाल इञ्जिनियर्स एशोसियशनको ३४ औं केन्द्रीय कार्यकारिणी समिति तथा लुम्बिनी प्रदेशको तेस्रो कार्यकारिणी समितिको लागि यहि भदौ २८ गते निर्वाचनको मिति तय गरिएको छ ।
निर्वाचन कार्यतालिका अनुसार शुक्रबार उम्मेद्वारी मनोनयन दर्ता भईसकेको बुटवल निर्वाचन केन्द्रका निर्वाचन समिति सदस्य मनिश खनालले जानकारी गराउनु भयो । उहाँका अनुसार प्रदेशको सभापति, उपसभापति, सचिव, सहसचिव, कोषाध्यक्ष र प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्य पदमा तीन तीन जनाको उम्मेवारी परेको छ भने सदस्य पदमा २६ जनाको उम्मेदवारी परेको छ ।
एक सभापति, एक उपसभापति, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष सहित १५ सदस्य कार्यकारिणी समितीमा नेतृत्व लिनका लागि काँग्रेस निकटका र एमाले निकटका इञ्जिनियरहरुले पुरा सेटमा छुट्टाछुट्टै उम्मेवादरी दर्ता गराएका छन् भने माओवादी केन्द्र र एकीकृत समाजवादी निकटका इञ्जिनियरहरु गठबन्धन बनाएर उम्मेदवारी दिएका हुन् ।
काँग्रेस निकटका इञ्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)बाट सभापतिमा इञ्जिनियर महेश्वर लम्साललाई अगाडि सारिएको छ । यो समुहले १५ सदस्यीय कार्यसमितिको उपसभापतिमा शिवप्रसाद तिवारी, सचिवमा प्रवेश पौडेल, सहसचिवमा संकल्प बुढाथोकी, कोषाध्यक्षमा प्रविण सापकोटालाई अगाडि सारिएको छ ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा जीवन पाण्डेय, अम्बिका ढुङ्गाना, कमलराज ढुङ्गाना, सुचित विष्ट, देवज्ञराज जोशी, सुरक्षित ज्ञवाली, कृतेश श्रेष्ठ, दिपेश गौतम, रुपेश परियार र अफजल मुहमद हलवाईलले उम्मेद्वारी दिनुभएको छ ।त्यस्तै प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्य पदमा आकाश बर्मालाई अगाडि सारिएको सिडेन लुम्बिनी प्रदेश अध्यक्ष यादव नेपालले जानकारी गराउनु भयो ।
त्यस्तै एमाले निकटको संगठनले सभापतिमा इञ्जिनियर जयलाल मरासिनीलाई अगाडि सारेको छ । मरासिनी यस अगाडिको अधिवेशनमा काँग्रेस निकटका उम्मेद्वारसंग प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमा पराजित हुनु भएको थियो । यो समुहबाट उपसभापतिमा प्रभा पाण्डे, सचिवमा शिशिर ज्ञवाली छेत्री, सहसचिवमा प्रदीप घिमिरे, कोषाध्यक्षमा राजु ढकाल तथा सदस्यहरुमा विमल कँडेल, निशा बेल्बासे, सुवर्ण न्यौपाने, तिलक चलाउने, सुभाष पुलामी, सुनिल केसी, वल्लभ भण्डारी, विपिन पौडेल, आकास पराजुली र बिबेक पन्थीले उम्मेद्वारी दिनुभएको छ ।
त्यस्तै प्रदेशकाट निर्वाचित हुनु केन्द्रीय सदस्यमा बलराम पौडेललाई अगाडि सारिएको छ । त्यस्तै प्रदेशको नेतृत्व लिनको लागि माओवादी र एकीकृति समाजवादी निकटका इञ्जिनियरहरुले गठबन्धन बनाएर उम्मेदवारी दिएका छन् ।यो गठबन्धनबाट प्रदेश सभापति पदमा माओवादी निकटका इञ्जिनियर धर्मराज अर्यालले उम्मेदवारी दिनुभएको छ । १५ सदस्य प्रदेश कार्यसमितिको लागि यो समुहले ११ पदमा उम्मेदवारी दिएको छ ।
यो समुहबाट उपसभापति पदमा रमेश शर्मा, सचिव पदमा रमेश घिमिरे, सहसचिव पदमा हरिबहादुर कुवँर र कोषाध्यक्ष पदमा विशाल श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।त्यस्तै सदस्य पदमा मुक्तिराम कुवँर, धर्मराज पन्थी, गजेन्द्र बहादुर शाही, महेशकुमार शाही, देवेन्द्र शाही र तिलकराज अधिकारीले उम्मेद्वारी दिनुभएको छ । यो समुहबाट केन्द्रीय सदस्य पदमा अरुण खनालले उम्मेदवारी दिनुभएको छ । निर्वाचनको लागि लुम्बिनी प्रदेशमा तीन वटा निर्वाचन केन्द्र तोकिएको छ । रुपन्देही, दाङ र नेपालगञ्जमा समेत गरी लुम्बिनी प्रदेशमा १ हजार ८ सय बढी मतदाता हरेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)