Logo बिहिवार, आश्विन १ गते २०८३
images

  शान्तिदीपद्वारा सिर्जनशिल संस्था नेपाललाई खाद्यान्न सहयोग

  शान्तिदीपद्वारा सिर्जनशिल संस्था नेपाललाई खाद्यान्न सहयोग

  • 978
    SHARES

  •   शान्तिदीपद्वारा सिर्जनशिल संस्था नेपाललाई खाद्यान्न सहयोग

    बुटवल,साउन २० । 

    लायन्स क्लव अफ बुटवल शान्तीदिपले तिलोत्तमा ७ भलवारीमा रहेको महिला बालबालिका यौनिक तथा लैङ्गिक अल्पसंख्यक सम्बन्धी काम गर्ने संस्था सिर्जनशिल संस्था  नेपाललाई एक कार्यक्रम गरि खाद्यान्न सहयोग गरेको छ। लायन्स रेशम बन्जाडेका कान्छा सुपुत्र आरोप बन्जाडे  र अर्का लायन्स बिष्णु कुवरको जन्मदिनको अवसर पारेर क्लबले खाधान्न हस्तान्तरण गरेको हो ।

    कार्यक्रममा प्रमुख अथिति अन्तराष्ट्रिय लायन्स क्लव जिल्ला परिषद ‘३२५ पि’ का  गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्नले  संस्थाका अध्यक्ष बिजु पौडेल लाई खाधान्न हस्तान्तरण गरेका हुन । २०५४ सालमा स्थापना भएको सिर्जन शिल संस्था नेपालले बेसाहारा महिला तथा बालबालिकाको उत्थानको काम गरिरहेको छ ।

    साथै संस्थाले दातृ संस्थाको सहकार्यमा बाताबरण सम्बन्धी सचेतनामुलक कार्यक्रम समेत गरेको अध्यक्ष बिजु पौडेलले बताइन् । सिर्जनसिल नेपालले महिलाको रजोनिवृत सम्बन्धी तालिम र वातावरण मैत्री तथा पुन प्रयोग गर्न मिल्ने प्याड उत्पादन गरि निम्न आय भएका महिला लाई वितरण  समेत गर्ने गरेको छ । जस अन्तर्गत गत बर्ष रुपन्देहीका बिभिन्न पालिकामा  वितरण गरेको अध्यक्ष पौडेलले बताइन् ।

    बिगतमा भाडा  तिरेर बाल  आश्रम संचालन गरेको सिर्जनशिल नेपालले साउन देखि आफ्नो भवनमा सरेको छ । तिलोत्तमा नगरपालिकाले दिएको दुइ कठ्ठा जग्गा स्थानिय सुकुम्बासीले अतिक्रमण गरेपछि सिर्जनशीलले २०७९ सालमा महायज्ञ संचालन गरि जम्मा गरेको ३५ लाख र  अरु रकम बैंक बाट रिण र बिभिन्न श्रोत उपयोग गरेर  संस्थाले आफ्नै भवन खरिद गरेको हो ।

    सरकारी निकाय अन्तर्गत गत बर्ष बुटवल नगरपालिकाले दुइ लाख र तिलोत्तमा नगरपालिकाले एक लाख रुपैया आर्थिक सहयोग गरेको थियो ।  तिलोत्तमा नगरपालिका पुर्ण रुपमा बालमैत्री नगरपालिका भए पनि  यस संस्था बाट संचालित कार्यक्रममा कुनै प्रकारको अपनत्व लिन र नगरपालिका अभिभावकिय भुमिका दिन चुकेको अध्यक्ष पौडेलको गुनासो छ  ।

    ४५ जना आजिवन सदस्य समेत भएको सिर्जनशील नेपाल स्थानिय समुदायको सहभागीता   र  बाल विवाह बाट प्रभावित महिलाद्वारा स्थापित  संस्था हो ।  हाल सम्म यसले दुइ  सय पचास जना बालवालिका लाई उद्धार गरिसकेको छ भने हाल २६जना बालबालिकाको रेखदेख गरिरहेको छ  ।

    कार्यक्रममा बिशिष्ट अतिथी प्रथम  भाईस डिष्ट्रिक गभर्नर लायन्स बालाराम भट्टराई, अथितीहरुमा डिष्ट्रिक सेक्रेटरी लायन्स  माधव खनाल,  डिष्ट्रिक पिआरओ एक्यदेव बस्याल,एरिया चिफ लायन्स दिपक श्रेष्ठ,   शान्तिदिपका संस्थापक अध्यक्ष तथा रिजन चेयर व्याक्ति बाबुराम खनाल , जोन चेयर पर्शन शेष नारायण बस्याल पुर्व अध्यक्ष चेत नारायण अधिकारीका साथै क्लवका सम्पुर्र्ण पधादिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

    लायन्स रेशम बन्जाडे संयोजकत्वमा  सम्पन्न उक्त कार्यक्रममा   सञ्चालन सचिव लायन्स लक्ष्मी नारायण खनालले गरेका थिए भने  अध्यक्षता लायन्स बिशाल पन्थीले गरेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology