Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

थाई एयर एसियाले भैरहवाका लागि साताको चार उडान गर्ने

थाई एयर एसियाले भैरहवाका लागि साताको चार उडान गर्ने

  • 1.2K
    SHARES

  • थाई एयर एसियाले भैरहवाका लागि साताको चार उडान गर्ने

    काठमाडौं,साउन १८ ।

    थाइल्यान्डको वायुसेवा कम्पनी थाई एयर एसियाले भैरहवाका लागि साताको चार उडान गर्ने अनुमति पाएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार थाई एयर एसियालाई नेपालमा कुल सात उडान अनुमति दिइएको छ । जसमध्ये तीन उडान काठमाडौं र चार उडान भैरहवाबाट गर्ने गरी अनुमति दिइएको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अधिक भिड हुँदा वायुसेवा कम्पनीलाई प्राधिकरणले भैरहवा र पोखरा विमानस्थलमा उडानका लागि प्राथमिकता दिइरहेको उनले बताए ।

    भैरहवा विमानस्थलमा यसअघि जजिरा एयरवेज, हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले नियमित उडान थाले पनि निरन्तरता भने दिन सकेका छैनन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology