Logo बिहिवार, आश्विन १ गते २०८३
images

जहाज दुर्घटनामा घाइते क्याप्टेन शाक्यको स्वास्थ्यमा सुधार,डिस्चार्ज गर्ने तयारी

जहाज दुर्घटनामा घाइते क्याप्टेन शाक्यको स्वास्थ्यमा सुधार,डिस्चार्ज गर्ने तयारी

  • 978
    SHARES

  • जहाज दुर्घटनामा घाइते क्याप्टेन शाक्यको स्वास्थ्यमा सुधार,डिस्चार्ज गर्ने तयारी

    काठमाडौं,साउन १७ ।

    सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनिष शाक्यलाइ डिस्चार्ज गर्ने तयारी गरिएको छ ।उनको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उनलाई डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालको मेडिकल डाइरेक्टर डा. मीना थापाले बताइन् ।

    ‘उपचारमा संलग्न चिकित्सकको सल्लाह अनुसार उहाँलाई डिस्चार्ज गर्ने तयारी छ । परिवारका सदस्यसँग कुरा गरेर आजै वा भोलि डिस्चार्ज गर्छौं’ उनले भनिन् ।

    डा. थापाका अनुसार डिस्चार्ज भए पनि शाक्यको उपचार जारी रहन्छ । तर, अस्पतालमै राखिरहनुपर्ने अवस्था छैन । ‘घरमै बसेर थेरापी र अन्य उपचारलाई निरन्तरता दिन सक्नुहुन्छ । हाडजोर्नी विशेषज्ञ, न्यूरो सर्जरी, ईएनटी (नाक, कान, घाँटी) र आँखाका विशेषज्ञसँग निरन्तर सल्लाहमा बस्नुपर्ने हुन्छ’, डा. थापाले भनिन् ।

    जहाज दुर्घटनाका क्रममा शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोट लागेको थियो । ढाडको एउटा हाँड र देव्रेपट्टि तीन वटा करङका हाँड भाँचिएको थियो ।एमआरआई गर्दा खासै जटिलता नदेखिएकाले मेरुदण्डको अपरेशन नगरेको उनले बताइन् । उपचारको क्रममा थापासँग क्याप्टेन शाक्यले जहाजलाई कन्ट्रोल गर्न नसकिएको बताएका थिए ।

    दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology