बुटवल,साउन १६ ।
लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारीबाट बिदा लिनु भएका प्रदेश प्रमुख अमिक शेरचनलाई बुधबार बिदाइ गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले पाल्पाली ढाका टोपी, करुवा र प्रदेशको कानुन संग्रह उपहार सहित माननीय प्रदेश प्रमुख बिदाइ गर्नु भयो ।
सो अवसरमा सभामुख घर्ती मगरले प्रदेश प्रमुखप्रति प्रदेश सभाको अभिभावकत्व र मार्गनिर्देशनप्रति हार्दिक आभार सहित कृतज्ञता व्यक्त गर्नु भयो । तीन बर्षको अवधीमा प्रदेश प्रमुख शेरचनले लुम्बिनी प्रदेशको १५ वटा बिधेयक प्रमाणीकरण गर्नु भयो । प्रदेश प्रमुख शेरचनले ऎन कानुन निर्माण गर्दा जनताको हितलाई ध्यान दिन सुझाव दिनुहुँदै जनमैत्री कानुनमात्र जनताको हितमा हुने बताउनु भयो ।
केहि दिन अघि मन्त्री परिषदको बैठकले जिम्मेवारी मुक्त गरेको भनिए पनि प्रदेश प्रमुखको कार्यालयलाई अहिले सम्म आधिकारिक जानकारी आएको छैन । तर पनि प्रदेश प्रमुख कार्यालयबाट बिदा भई आज निस्कनु लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)