बुटवल,पुस २२ -
रुपन्देही जब प्रालिको आयोजनामा बुटवलमा अकाउन्टिङ तालिम तथा सेमिनार भएको छ ।
बजारमा रहेको बेरोजगारी समस्यालाइ निराकरण गर्नका लागि प्रालिले निशुल्क तालिम तथा सेमिनार गरेको र दीर्घकालसम्म गरी १ लाख जनालाइ रोजगार बनाउने अठोट लिइएको प्रालिका संस्थापक पुर्णिमा भुसाल पाण्डेले नागरिक अनलाइनलाइ बताइन् ।
प्राक्टिकल बेसमा रहेर अकाउन्टिङ तालिम तथा सेमिनार गरिएको उनले बताइन् । विभिन्न संघ सस्थाका विद्यार्थी ,उधमीहरु तथा बैँक म्यानेजरको आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बजारको अभाव,आवश्यकता लगायतका बिषयमा अन्तरक्रिया गरिएको संचालक सागर पाण्डेले बताए । कार्यक्रममा १सय जनाको सहभागिता रहेको थियाे ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)