Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जाँदाजाँदै अमिक शेरचनको गुनासो : सरकारले प्रदेश प्रमुख पदको गरिमा राखेन

जाँदाजाँदै अमिक शेरचनको गुनासो : सरकारले प्रदेश प्रमुख पदको गरिमा राखेन

  • 1.7K
    SHARES

  • जाँदाजाँदै अमिक शेरचनको गुनासो : सरकारले प्रदेश प्रमुख पदको गरिमा राखेन

    बुटवल,साउन १५ ।

    लुम्बिनी प्रदेशका पदमुक्त प्रदेश प्रमुख अमिक शेरचनले संघीय सरकारले प्रदेश प्रमुख पदको गरिमा राख्न नसकेको गुनासो गर्नुभएको छ । केन्द्रमा राजनीतिक परिवर्तन हुँदा प्रदेश प्रमुखलाई बिना जानकारी पदमुक्त गर्ने परिपाटी गलत भएको बताउनुभयो ।  यसअघि गण्डकी प्रदेश प्रमुख भैसकेका शेरचनले दोस्रो पटक लुम्बिनीमा प्रदेश प्रमुख बनेर ३ बर्ष बिताउनुभएको हो ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा नेपाली काँग्रेसका पूराना नेता कृष्णबहादुर घर्तीमगरलाई नियुक्त गर्ने निर्णय गरेको छ । संघीय मन्त्रिपरिषद्् बैठकले लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेपछि मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रदेश प्रमुखको सम्मान नभएको भन्दै आपत्ति जनाउनुभयो ।

    ‘केन्द्रीय सरकारले राजीनामाको मौकासमेत दिएन,तर यसै प्रदेशमा अरु प्रदेश प्रमुख नियुक्ती भएको खबरहरु समाचारमा  सुनेँ,तर आधिकारिक पत्र भने पाएको छैन । ’ उहाँको भनाइ छ । ‘म त ५ गते नै राजीनामा दिन तम्तयार थिए, प्रदेश प्रमुखको संवैधानिक जिम्मेवारीले गर्दा बसेको हुँ,’ प्रमुख शेरचनले भन्नुभयो –‘हिजो संघीय सरकारले हटाएको समाचार सुँने, त्यसैले आज पत्रकार सम्मेलन गरेर लुम्बिनी छाड्न लागेको जानकारी गराएको हुँ।’

    उहाँले संविधानलाई राजनीतिक दलहरुले उल्लघन गर्ने गरेकाले आफू प्रदेश प्रमुखका रुपमा नरहने घोषणा गरेर जान लागि सकेको समेत सुनाउनुभयो । ‘समीकरण फेरिएपछि संघलाई अप्ठ्यारो भए राजीनामा वा जानकारी गराए हुन्थ्यो, तर पदमुक्त गरेको भनेर मन्त्रिपरिषद्ले निर्णय गर्दा प्रदेश प्रमुखमाथि सम्मान हुँदैन’ उहाले भन्नुभयो ।

    उहाँले कुनै कारणबिना नै सरकारले पदमुक्त गर्ने कुरा गलत भएको बताउनुभयो । ‘अहिले मात्रै होइन, विगतदेखि नै गलत अभ्यास भइरहेको छ, संविधानको उल्लघन वा प्रदेश प्रमुखले विधि मिचेको भए पो पदमुक्त गराउने’ शेरचनले भन्नुभयो– ‘विनाकारण पदमुक्त गर्ने निर्णय अब सच्याउनुपर्छ।’

    शेरचनले प्रदेशको सरकार गठनमा प्रदेश नै निर्णायक हुनुपर्ने बताउनुभयो । ‘केन्द्रमा समीकरण फेरिने कुरा एउटा हो, तर प्रदेशको आफ्नै छुट्टै अस्तित्व र परिवेश हुनसक्छ’ । शेरचनले आफ्नो ३ वर्षे लुम्बिनी बसाइ निकै सौहार्दपूर्ण रहेको बताउदै शेरचनले आफूले प्रदेश प्रमुखका रुपमा रहँदा विधेयकहरु प्रमाणीकरण गर्ने, कार्यालयलाई सुव्यवस्थित बनाउने काम गरेको दाबी गर्नुभयो ।शेरचनले ३ वर्षको अवधिमा१५ वटा विधेयकहरु प्रमाणीकरण गरेको बताउनुभयो ।

    यस्तै ९३ वटा विभिन्न सामाजिक कार्यक्रममा सहभागी भएको र प्रदेशका ९ जिल्लाको भ्रमण गरेको बताउनुभयो । निजामती र प्रहरी ऐन प्रमाणीकरण गर्न पाउनु आफ्नो कार्यकालको सबैभन्दा खुशीको क्षण रहेको उहाँको अनुभव छ । त्यस्तै शेरचनले प्रदेशलाई आर्थिक रुपमा सबल बनाउनका लागि खनिज पदार्थको पहिचान र उत्खनन गर्नुपर्ने चाहना भएपनि त्यो कुरा पुरा हुन नसकेको बताउनुभयो ।amik serchen.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology