बुटवल,साउन १३ ।
रुपन्देही मेटल फेब्रिकेशन एशोशियसनको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रुपन्देही मेटल फेब्रिकेशन एशोशियसनका उपाध्यक्ष मेघबहादुर घिमिरे (मिलन जिसी)को जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रुपन्देही मेटल फेब्रिकेशन एशोशियसनद्का अध्यक्ष सन्त बहादुर कवर (सन्तोष)को अध्यक्षतामा सुरु भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी खाणले पछिल्लो समय पश्चिमा संस्कार भित्रीएको बेला जन्मदिनमा यस्ता कार्यक्रम गरेर पुन्य कमाउनेले साच्चिकै मानव धर्म गर्ने बताउनुभयो । उहाँले रक्तदान गर्नु , दिनदुखीलाई सेवा गर्नुनै समाजसेवा रहेको बताउनुभयो साथै उहाँले पछील्लो समय समाजमा मानवीय समबेदना हरांउदै गएको बेला युवाहरुले आफ्नो जन्मदिनको अवसरमा सकारात्मक कर्म गर्नुले समाज रुपान्तरण तर्फ उन्मुख रहेको बताउदै जन्मदिन पर्ने मेघबहादुर घिमिरे मिलनलाई शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा बिशिष्ट अतिथी नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री रहनुभएको थियो । उहांले उक्त कार्यक्रममा बोल्दै रुपन्देही रक्तदान गर्नेको हव रहेको र यहाँँको रगत चितवन , काठमाडौं लगायत बिभिन्न ठाउँँमा पुग्ने बताउनुभयो । रक्तदान गर्नु भनेको स्वस्थ्य हुनु र रक्तदान अभियानमा जोड्नु कसैको जीवन बचाउनु रहेको बताउनुभयो । पछील्लो समय रुपन्देहीमा डोनरको संख्या बढ्नु सकारात्मक रहेको बताउनुभयो ।
कार्यक्रमका सभाध्यक्ष एवम रुपन्देही मेटल फेब्रिकेशन एशोशियसनका अध्यक्ष शन्त बहादुर कवर सन्तोषले प्राविधिक कर्म संगै सामाजिक कर्मलाई संगसंगै लैजाने हेतुले संथाले मानवधर्मका निम्ती सामाजिक उत्तरदायित्व अन्तर्गत आउँदा दिनमा पनि यस्ता कार्यक्रम गरिराख्ने बताउनुभएको थियो । जन्मदिनको अवसरमा रक्तदान कार्यक्रममा सहयोग पुर्याउने संस्थाका उपाध्यक्ष मेघबहादुर घिमिरे मिलनलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
जन्मदिनको अवसरमा रुपन्देही मेटल फेब्रिकेशन एशोशियसन संग समन्वय गरेर आयोजना गरेको रक्तदान कार्यक्रममा कुल ११३ पिन्ट पोइन्ट ब्लड संकलन भएको हो । कार्यक्रममा नव ज्योति युवा क्लब , जागृती युवा क्लव , जन ज्योति युवा क्लब , अमुल्य नगर टोल बिकास संस्था, मणिमुकुन्द भलिवल क्लबका प्रतिनिधीहरुको उपस्थित रहेको थियो । साथै संस्थाका सल्लाहकार , पदाधिकारी, सदस्य एवम रक्तदानका लागि आउने सामाजिक व्यक्तित्वको उपस्थिती रहेको थियो ।
रेसुंगा ज्याक्सन कन्ट्रक्सन र रेसुंगा इन्जिनियरिङ् वर्कसप एण्ड ग्रील उध्योगका सञ्चालक रहेका मेघबादुर घिमिरे मिलन र उहाँकी धर्मपत्नी निर्मला घिमिरेलाई सम्मान गरिएको थियो । कार्यक्रमको स्वागत मन्तव्य व्यवसायी कृष्ण पाण्डेले राख्नुभएको थियो भने सञ्चालन संस्थाका सचिव विश्वनाथ पाण्डेको रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)