Logo बिहिवार, आश्विन १ गते २०८३
images

पुस्तक ब्यवसायीलाई नविनतम कर नीति तथा लेखा अभिमुखिकरण

पुस्तक ब्यवसायीलाई नविनतम कर नीति तथा लेखा अभिमुखिकरण

  • 1.9K
    SHARES

  • पुस्तक ब्यवसायीलाई नविनतम कर नीति  तथा लेखा अभिमुखिकरण

    बुटवल,साउन १२ ।
    नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ जिल्ला शाखा रूपन्देहीको आयोजनामा नविनतम कर नीति  तथा लेखा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।जिल्लाका पुस्तक ब्यवसायीहरू सहभागि अभिमुखीकरणमा कर कार्यालय भैरहवाका प्रमुख धनिश्वर अर्याल,नेपाल अडिटर्स एशोसिएसनका केन्द्रिय सचिव  नेत्र ज्ञवाली र नेपाल चाटर्ड एकाउन्टेन्ट संस्था बुटवलका अध्यक्ष सिए  शिबहरि शर्माले पछिल्लो कर नीति तथा लेखा राख्ने तरिका ,बिल बिजकका बारेमा सहजिकरण गर्नुभएको थियो । महासंघका अध्यक्ष गोपाल बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा वडा न ४ का वडाध्यक्ष नरिश्वर शर्मा पौडेल,महासंघका पुर्व केन्द्रिय अध्यक्ष तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि अर्याल,कृष्ण पाण्डे,सल्लाहकार मनहरि बस्याल,निवर्तमान अध्यक्ष रामकृष्ण चापागाइ,रूपन्देही ब्यापार संघका उपाध्यक्ष प्रकाश ढकाल,
    महासंघका जिल्ला सचिव बालकृष्ण भण्डारी लगायतले बोल्दै अभिमुखिकरणले ब्यवसायीलाइ अध्याबधिक गराएको बताएका थिए ।महासंघले बार्षिक कार्योजनाबैठकबाट नया काम थालनि गरिने जिल्ला अध्यक्ष गोपाल बस्यालले बताए ।

    बक्ताहरूले सरकारले ब्यवसायिबाट सरकारले कर उठाउने बाहेक अन्य सहुलियतपुर्ण कार्यक्रम नल्याएको गुनासो गरेका थिए ।कार्यक्रममा ७० जना ब्यवसायिको सहभागिता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology