Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

सावित्री क्लिनिकमा विशेषज्ञ सेवा सुरु

सावित्री क्लिनिकमा विशेषज्ञ सेवा सुरु

  • 1.3K
    SHARES

  • सावित्री क्लिनिकमा विशेषज्ञ सेवा सुरु

    बुटवल,साउन ९।

    बुटवलको सावित्री क्लिनिकमा छाला, यौन, कपाल तथा सौन्दर्य सम्बन्धि विशेषज्ञ सेवा सुरु भएको छ ।बुटवलको अस्पताल लाईन तिलोत्तमा पथमा रहेको सावित्री क्लिनिकले छाला, कपाल तथा यौन रोगलाई लक्षित गरेर विशेषज्ञ सेवा सुरु गरेको हो।

    नेपालका विभिन्न अस्पतालमा विगत १२ वर्षदेखि अनुभव बटुलेका विशेषज्ञ डाक्टरद्वारा छाला, कपाल, यौन रोग तथा सौदर्य विशेषज्ञ सेवा सुरु गरिएको सावित्री क्लिनिकका व्यवस्थापक प्रेमराज न्यौपानेले बताउनु भयो ।

    उहाँका अनुसार छाला सम्बन्धि  एलर्जी, शरीर चिलाउने, डण्डीफोर, दाद, चायाँपोतो, दुवी, ठेउला ९चिकेन पक्स०, लुतो लगायतका समस्याको सफल उपचार तथा परामर्श सेवा प्रदान गरिने छ । त्यस्तै अनुहारको चाउरीपना हटाई चमक ल्याउन विशेष उपचार सेवाको थालनी गरिएको छ ।कपाल झर्ने, चिलाउने, पुरुष तथा महिलाको यौनाङ्ग चिलाउने तथा पोल्ने, यौनाङ्ग वरिपरि आउने घाउखटिरा, पुरुषमा हुने सिघ्रपतन, यौन अनिक्षा लगायतको उपचार गरिन्छ ।

    पछिल्लो समय चायापोतो र डण्डिफोरको समस्या बढ्दो क्रममा छ । घामको विकिरण, हर्मोनल गडवढी तथा अस्वस्थ्यकर जीवनशैलीले प्रत्यक्ष रुपमा छालालाई असर गर्छ । विशेष गरेर महिलाको अनुहारमा आउने चायाँपोतो पनि यसैको असर हो ।
    चायाँपोतोले अनुहारको स्वरुपलाई नै विगार्छ । चायाँपोतो पुरुषमा भन्दा महिलालाई बढी हुन्छ । विशेषगरी महिला गर्भवती भएको समयमा हर्मोनल मेडिसिन सेवनको कारण पनि चायाँपोतो हुन्छ ।त्यस्तै थाईरोईडका कारण पनि चायाँपोतो हुन्छ ।

    चायाँपोतो हटाउनको लागि विशेषज्ञ चिकित्सकको परामर्श विना नै जथाभावी केमिकलयुक्त सौन्दर्य प्रशोधनका सामाग्रिको प्रयोगले छालालाई अझै बढी विगार्ने भएकाले छाला स्वास्थ्यलाई मध्यनजर गरेर क्लिनिकमा विशेषज्ञ सेवा सुरु गरिएको क्लिनिकका व्यवस्थापक न्यौपाने बताउनु हुन्छ ।

    त्यस्तै कपाल झर्ने समस्या बढ्दै गएको छ । धेरै तनाव तथा केमिकलयुक्त बस्तुहरुको प्रयोगले कपाल झर्ने विशेषज्ञ चिकित्सकहरु बताउछन् । यो समस्यालाई मध्यनजर गरेर क्लिनिकमा विशेष सुईको प्रयोगबाट कपाल झर्न रोक्ने तथा कपाल उमार्न मद्धत गर्ने प्रविधिको सुरुवात गरिएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology