बुटवल,साउन ९।
नेपाल राष्ट्रिय मारवाडी महिला संगठनको स्थापना दिवसको अवसरमा मारवाडी महिला मञ्च बुटवलले बृक्षरोपण गरेको छ। सचिव रेखा मालपानीको नेतृत्वमा बुटवलको आम्दा अस्पतालमा प्राङ्गणमा बृक्षरोपण गरिएको हो ।
संगठनको स्थापना दिवसको अवसरमा विभिन्न फलफूल,अशोकका बिरूवा लगाइएको बुटवलकी पूर्व अध्यक्ष रेखा मालपानीले बताइन् । स्थापना दिवसको उपलक्ष्यमा हरेक बर्ष सामाजिक काम गर्दै आएको उनको भनाइ छ ।
सस्थाले भविष्यमा पनि निरन्तर रुपमा समाजमा सामाजिक कार्यक्रम गरिरहने उनले बताइन् । सो अवसरमा यशोदा फुड्सकी जन- सम्पर्क अधिकृत तथा सहजकर्ता सरस्वती बश्याल तथा अस्पताल प्रशासनका तर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)