Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

अक्सफोर्ड माविमा नमुना संसद् ,विद्यार्थीले निभाए महत्वपूर्ण जिम्मेवारी !

अक्सफोर्ड माविमा नमुना संसद् ,विद्यार्थीले निभाए महत्वपूर्ण जिम्मेवारी !

  • 1.7K
    SHARES

  • अक्सफोर्ड माविमा नमुना संसद् ,विद्यार्थीले निभाए महत्वपूर्ण जिम्मेवारी !

    बुटवल,साउन ८ ।
    अक्सफोर्ड माध्यमिक विद्यालयमा नमुना संसद कार्यक्रम गरिएको छ । स्कुलले विद्यार्थीलाई ब्यवस्थापिका संसद र संसदमा हुने गतिविधि र सांसदले निभाउने भुमिकाका बारेमा जानकारी दिने उद्देश्यले अक्सफोर्डले नमुना संसद कार्यक्रम गरेको हो । नुमना संसद कार्यक्रममा संघीय सांसदको भुमिका निभाएका विद्यार्थीहरुले देशको वर्तमान अवस्था, शिक्षा, स्वास्थ्य, खेलकुद, भौतिकपुर्वाधार विकाससँगै सरकारका काम कार्वाहीमा देखिएको कमि कमजोरी लगायतका विषय उठाएका थिए । वर्तमान अवस्थामा अस्थिर सरकार, आर्थिक मन्दी र वेरोजगारीले निम्त्याएको मुलुकको विकराल समस्याका बारेमा संसद बैठकमा विद्यार्थी सांसदले सरकारको जवाफ माग गरेका थिए । 
    कक्षा–१० का विद्यार्थीहरुको सहभागितामा भएको नमुना संसद कार्यक्रममा १ सय ४९ सदस्यहरुको सहभागितामा नमुना संसद बैठक बसेको थियो । कक्षा–१० का विद्यार्थी न्युटन भुसालले सभामुखको भुमिका निभाउनु भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका ८६ सांसद सत्तापक्षमा र ६३ सांसद विपक्षमा बसेर सरकारका गुण र दोषका विषयमा आफ्ना भनाई राखेका थिए । नुमना संसदमा प्रतिनिधी संसद भवनमा हुने गरेका जस्तै गतिविधि विद्यार्थीले दुरुस्त प्रस्तुत गरेका थिए । अक्सफोर्ड नमुना संसद बैठक बस्नु पुर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको उद्घाटन लुम्बिनीका प्रदेश सांसद तथा पुर्व स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले उद्घाटन गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सांसद श्रेष्ठले असल संसदीय संस्कारको सुरुवातका लागि नमुना संसद कार्यक्रम प्रशंसनीय रहेको बताउनुभयो । उहाँले सांसद जनताको प्रतिनिधी भएकाले एक जनप्रतिनिधीको योग्यता देश र जनताका लागि त्याग, समर्पण, जिम्मेवारी र जवाफदेहीता हुने भएकाले त्यही अनुसार कार्य गर्नु आवश्यक रहेको बताउनुभयो ।
    संसदमा सहभागिता जनाउने सत्तापक्ष र प्रतिपक्ष दुबै सरकारका अंग भएको उल्लेख गर्दै उहाँले दुबै पक्षमा एकले सरकारको काम गर्ने र अर्को पक्षले गरेका कामको गुण र दोषका आधारमा प्रशंसा र टिप्पणी गर्ने बताउनुभयो ।
    कार्यक्रममा विद्यालयका प्राचार्य दिनेश भुसालले निरन्तर मौलिक र सृजनात्मक कार्यक्रमहरु विद्यालयले गर्दै आएको उल्लेख गर्दै मुलुकको  संरचनागत अवस्था,ब्यवस्था र कानुनका बारेमा जानकारी गराउन नमुना संसद कार्यक्रम गरिएको बताउनुभयो ।  उहाले ब्यवहारिक शिक्षा अन्तर्गत कक्षा १० का विद्यार्थीहरुले देशकै नमुना कार्यक्रम गरेको बताउदै देश प्रतिको माया समर्पणलाई उजागरण गर्न संसदको नमुना अभ्यास कार्यक्रम गरिएको जानकारी गराउनु भयो ।
    कार्यक्रममा अक्सफोर्ड कलेज ब्यवस्थापन समितिका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, प्राध्यापक सुमन भुसाल, विद्यालयका सहप्राचार्य मोहन क्षेत्री, शिक्षक हिमलाल न्यौपानेलगायतले विद्यार्थीहरुलाई मुलुकको ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका बारेमा जानकारी हुनु पर्ने उल्लेख गर्दै सोही अनुसार ब्यवस्थापिकाको भुमिकाका लागि नमुना संसद कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रम संयोजक कपिल ढकालको संचालनमा भएको कार्यक्रममा सरकारसंग प्रश्नोत्तर, रोस्टम घेराउ, सरकारको जवाफ माग लगायतका विषयमा विद्यार्थीले दुरुस्त संसदीय अभ्यास गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, श्रावण ८ २०८११०:०३:५५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology