काठमाडौं,साउन ८ ।
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले विद्युत्को न्यूनतम महसुल तिर्न नसकी लाइन काटिएका पौने दुईलाख जनताका बारेमा सदनमा छलफल हुनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमाउनले जनताको मतबाट निर्वाचित सांसदले ठूला व्यक्तिका बारेमा मात्र छलफल गर्ने परम्पराबाट मुलुक समृद्धिकोमार्गमा अगाडि बढ्न नसक्ने बताए ।
सांसद भण्डारीले प्रश्न गरे, “केही सीमित व्यक्तिका निम्ति सदनमा बहस भइरहेको छ, तर एक लाख ७५ हजारजनताले पैसा तिर्न नसकेर बिजुली काटिएको छ । तीनका बारेमा कसले छलफल गर्ने ? जनताको मत लिने तरछलफल ठूला व्यक्तिको मात्र गर्ने ?”
तीन दिनदेखि सदनमा ‘लोडसेडिङ’का समयमा ‘डेडिकेटेड’ र ‘ट्रङ्क’लाइनबाट निरन्तर बिजुली पाइरहेका उद्योगसँगबक्यौता रु २१ खर्ब उठाउने वा छोड्ने वा कसले तिर्ने भन्नेमा दोहोरी चलिरहेकामा उनले दुःख व्यक्त गरे । “यसरी हुँदैन, राज्य अब गरिबको पनि बन्नुपर्छ, सदनमा गरिबका विषय पनि उठाउनुपर्छ”, उनले प्रश्न गरे, “औषधि नपाएका, बिजुलीकाटिएका, पढ्न नपाएका बालबालिकाका कुरा कसले गर्दिने सदनमा ?”
संसद्मा ठूलाबडाको कुरा गर्ने, जनताका कुरा नगर्ने परम्पराबाट सरकार जनताबाट धेरै टाढा भएको अनुभूति भएकोउल्लेख गर्दै सांसद भण्डारीले सदनमा जनताको समस्यामा छलफल हुनुपर्ने बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)