बुटवल,साउन ८ ।
राम्रो इन्टरटेनमेन्टले आनन्दराज प्रोडक्सनसँगको सहकार्यमा आफ्नो आगामी डकुमेन्ट्री सर्ट फिल्म ‘लापत्ता सन्तान’ टिजर सार्वजनिक भएको छ।
रामजी ज्ञवालीद्वारा लिखित, निर्देशन र निर्माण गरिएको यो फिल्मले बेपत्ता बालबालिकाको मार्मिक विषयवस्तुमा आधारित कथालाई प्रस्तुत गरेको छ । जसले आफ्नो हराएका सन्तानको खोजीमा निस्केका अभिभावकहरूको हृदयविदारक भावनात्मक संघर्षलाई उजागर गर्छ।
फिल्म निर्माण टिमले के विषयमा प्रोजेक्ट बनाएको छ सार्वजनिक भने गरेको छैन।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)