Logo बिहिवार, आश्विन १ गते २०८३
images

लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा वृक्षरोपण

लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा वृक्षरोपण

  • 861
    SHARES

  • लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा वृक्षरोपण

    भैरहवा,साउन ८।

    लायन्स क्लब अफ भैरहवा लिगेसीले वृक्षरोपण कार्यक्रम गरेको छ । साउन महिनाको पहिलो सोमबारको अवसरमा वृक्षरोपण गरेको क्लबको वर्ष २०२४-०२५ का अध्यक्ष राजन शुक्लाले बताए । क्लबले सिद्धार्थनगर नगरपालिका–४ कचरिहवा (स्टाक टोल) स्थित श्री कालीमाई मन्दिर परिसर र त्यस आसपास क्षेत्रमा गरी सोमबार ४६ वटा विरुवा रोपिएको शुक्लाले बताए ।

    कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक को–चिफ एडभाइजर अरुण कुमार मिश्रले वृक्षरोपण महत्वपूर्ण कार्य भएको बताए । उनले रोपिएको विरुवाहरुको संरक्षणमा ध्यान दिन आग्रह गरे ।

    क्लबले वर्ष २०२४-०२५ अन्तर्गत पहिलो कार्यक्रम वृक्षरोपणबाट सुरु गरेको कार्यक्रम संयोजक तथा क्लबका मानार्थ सदस्य उमाशंकर पाठकले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology