बुटवल,साउन ८।
लायन्स क्लव अफ बुटवल शान्तिदीपले बुटवल १५ उजेलापुर स्थित लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रममा खाद्यान्न सहयोग गरेको छ ।
क्लवका संस्थापक सचीव तथा बर्ष २०२४-०२५ का अध्यक्ष लायन्स बिशाल पन्थीको जन्मदिनको पावन अवसर पारेर क्लवलेआज एक कार्यक्रम गरी खाद्यान्न प्रदान गरेको हो ।
प्रमुख अथिति अन्तराष्ट्रिय लायन्स क्लव जिल्ला परिषद ‘३२५ पि’ का गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले शान्तिदिपको उक्त कार्यको सराहाना गर्दै लायन्स क्लवका सदस्यहरुले यस प्रकारको खर्च लाई यसरिनै सेवामा लगाउने हो भने थुप्रै अशक्त र अनाथहरुले राहत पाउने बताए ।
२०७३ सालमा स्थापना भएको लुम्बिनी अनाथ आश्रममा शारिरिक रुपमा अपाङ्ग भएका चार जना,दृष्टि विहिन नौ जना १७ जना बालबालिका र सहयोगी गरि हाल ३५जना रहेको आश्रमका उपाध्यक्ष लिलाराम रोका मगरले बताए ।
कार्यक्रममा बिशिष्ट अतिथी प्रथम भाईस डिष्ट्रिक गभर्नर लायन्स बालाराम भट्टराई, दोस्रो भाईस डिष्ट्रिक गभर्नर सन्दिप कशौधन ,अथितीहरुमा डिष्ट्रिक सेक्रेटरी लायन्स माधव खनाल,एलएलए कोअर्डिनेटर लायन्स अनिल प्रसाद श्रेष्ठ , डिष्ट्रिक पिआरओ एक्यदेव बस्याल,एरिया चिफ लायन्स दिपक श्रेष्ठ, एरिया सचिव लायन्स अमृता पौडेल,कोषाध्यक्ष लायन्स सुमित्रा न्यौपाने , कलष्टर चिफ लायन्स बिमला गैरे , शान्तिदिपका संस्थापक अध्यक्ष तथा रिजन चेयर व्याक्ति बाबुराम खनाल ,देव प्रसाद गैरे , जोन चेयर पर्शन शेष नारायण बस्याल पुर्व अध्यक्ष चेत नारायण अधिकारीका साथै क्लवका सम्पुर्र्ण पधादिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।
स्थापना कालदेखि बिभिन्न सामाजिक सेवामा क्रियाशिल लायन्स क्लव शान्तिदिपले बर्ष ०२४-०२५ को बसेको पहिलो बोर्ड बैठक बसेको दुइ महिनाको अवधिमा वृक्षा रोपण, गाई लाई दाना र आज अनाथ आश्रममा खाद्यान्न प्रदान गरी तिनवटा कार्यक्रम सम्पन्न गरिसकेको छ । आज सम्पन्न उक्त कार्यक्रम लायन्स जालन्धर भुषालको संयोजकत्वमा भएको थियो ।
सञ्चालन सचिव क्ष्मी नारायण खनालले गरेका थिए भने अध्यक्षता बिशाल पन्थीले गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)