बुटवल,साउन ६ ।
बुटवल मोडल कलेज बिएचएम सिक्स सेमेष्टरका बिद्यार्थीले गुरू पूर्णिमाको अवसरमा सरस्वती माताको मुर्ति हस्तान्तरण तथा गुरू गुरूमालाइ सम्मान गरेका छन्। हस्तान्तरण गरिएको मुर्तिको कलेजका प्रिन्सिपल डा नेत्रप्रसाद बस्यालले लगायतले अनावरण गर्नुभयो ।
सो अवसरमा ११ जना बिद्यार्थी बिशाल भण्डारी,बिष्णु पन्थी,सुनिल ज्ञवाली,बिशाल न्यौपाने,शुसन पोखरेल,सुमन पाण्डे,मनोज पौडेल,अनिस सुबेदी,आगमन घर्ती,प्रविना राना,चुरामणि न्यौपानेले १५ हजार बराबरको मूर्ति हस्तान्तरण गरेका हुन् ।सो अवसरमा बोल्दै प्रिन्सिपल बस्यालले
बिद्यार्थीहरूमा संस्कार र नैतिकता जरूरी रहेको बताउनुभयो । उहाले असल संस्कारका साथ शिक्षा आर्जन गर्नुपर्ने उल्लेख गर्नुभयो । कलेजमा ४०० जना बिद्यार्थी अध्ययनरत छन्। मोडल कलेजमा
बिएचएम,बिबिए,एमबिए फाईनास्स,एमपिजिडि अध्ययन अध्यापन हुदै आएको छ ।ओमसतिया १ कटैया रूपन्देहीमा रहेको सो कलेज पोखरा युनिभर्सिटिबाट मान्यताप्राप्त कलेज हो ।
कलेजमा अध्ययन सकेका बिएचएम सिक्स सेमेष्टरका बिद्यार्थिहरू अब १ बर्ष ईन्टनसिपका लागि जापान जाने जानकारी प्रिन्सिपल बस्यालले जानकारी दिनुभयो । कलेजमा नया भर्नाका लागि सिट सुरक्षित कार्य चलिरहेको बिएचएमका संयोजक कृष्णप्रसाद सापकोटाले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)