बुटवल,साउन ५ ।
बुटवलको देबीनगरमा छुरा प्रहार हुँदा २ जना युवा घाइते भएका छन् । । शुक्रबार साँझ ९ बजेको समयमा बुटवल ११ देवीनगरमा युवाहरूबिच छुरा प्रहार भएको छ । आपसमा झगडा गरेका युवाहरु मध्य २ जना छुरा प्रहारबाट घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार देवीनगर प्रहरी बिट नजिकै रहेको ‘दि कफी’ पसल भित्र युवाहरुबीच आपसमा चक्कु हानाहान भएको र चक्कु प्रहारबाट कपिलवस्तुको बाणगंगा नगरपालिका-५ का ३० वर्षीय दिवस मल्ल र बुटवल-१२ बस्ने २५ वर्षीय पवन शाही घाइते भएका छन् । घाइते भएका दुबै जनाको टाउको र हातमा चोट लागेको र अवस्था मध्यम रहेको छ ।घटनामा संलग्न भएको आरोपमा बुटवल–१३ जितगढी बस्ने २३ वर्षीय विष्णु थापा र तिलोत्तमा नगरपालिका–३ बस्ने २३ वर्षीय अनुप भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
युवाहरु बीच आपसमा भनाभन हुँदा छुरा हानाहानको अवस्थामा पुगेको थियो । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)