Logo बिहिवार, आश्विन १ गते २०८३
images

बधाई थाप्न भन्दा उद्धार तथा राहतमा ध्यान दिन सरकारलाई नैनसिंह महरको आग्रह

बधाई थाप्न भन्दा उद्धार तथा राहतमा ध्यान दिन सरकारलाई नैनसिंह महरको आग्रह

  • 1.5K
    SHARES

  • बधाई थाप्न भन्दा उद्धार तथा राहतमा ध्यान दिन सरकारलाई नैनसिंह महरको आग्रह

    काठमाडौँ,साउन ४ ।

    कांग्रेस नेता नैनसिंह महरले सिंहदरबारमा खादा, माला र बधाई थाप्न व्यस्त हुनुभन्दा बाढी पहिरोबाट प्रभावित बनेका जनताको उद्धारमा खट्न सरकारलाई आग्रह गरेका छन्।

    शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरूसँग आफ्नो धारणा राख्दै नेता महरले मन्त्री नियुक्त भएको हप्तौँसम्म खादा र माला थाप्नमै व्यस्त हुनु फजुलमा समय खेर फाल्नु भएको टिप्पणी गरे।

    ‘सिंहदरबार कामकाजी अड्डा हो। त्यसलाई सोही अनुरूप प्रयोग गर्नुपर्छ। मन्त्रालयमा बसेर जनताको काम गर्नुपर्छ। सम्मानै थाप्ने रहर भए निजी निवासमा बोलाउँदा हुन्छ। जनता विपद्को सामना गरिरहनुभएको छ। यस्तो अवस्थामा सरकार राहत तथा उद्धारमा सक्रिय हुनुपर्छ,’ उनले भने।

    महरले नयाँ सरकारलाई हिजोका सरकारको जस्तो गल्ती गर्ने छुट नभएको बताए । जनअपेक्षा र आफ्नो प्रतिबद्धता अनुरूप सरकारमा सहभागी दुई ठुला दल कांग्रेस–एमालेले काम गर्नुपर्ने उनको धारणा छ।

    ‘नयाँ सरकार निर्माण हुँदै गर्दा भएको राजनीतिक सम्झौता अनुसार काम गर्नुपर्छ। भ्रष्टाचार अन्त्य, सुशासन, दिगो विकास, आर्थिक सुदृढीकरण, समृद्धि र जनताको जनजीविकाका सवालमा सरकार गम्भीर हुनुपर्छ’ उनले भने, ‘युवालाई देशमै रोकेर उनीहरूको श्रम देश निर्माणमा सदुपयोग गर्नेतर्फ पनि सरकार जिम्मेवार हुनुपर्छ।’ 

    दुई ठुला दल एक ठाउँमा आउँदा जनतामा आशा जागेको र जनअपेक्षा अनुसार काम गर्न नसकेमा कांग्रेस–एमालेप्रति जनतामा थप वितृष्णा पैदा हुने उनको चिन्ता छ।

    सिमलताल पहिरोमा पुरिएका दुई बस र कयौँ यात्रु अझैँ बेपत्ता रहेकोमा सरकारको सम्पूर्ण शक्ति खोजीमा केन्द्रित हुनुपर्छ।  ‘आत्मियजन गुमाउनेहरूको मानसिक अवस्था कस्तो भएको होला ? सरकार उनीहरूको आँगनसम्म पुग्न सक्नुपर्छ। बेपत्ताहरू फेला नपर्दा उहाँहरूका परिवारको सामान्य दैनिकीसमेत प्रभावित बनेको छ।

    सरकारले खोजी कार्यसँगै उहाँहरूको गाँस र बासको प्रबन्ध गरिदिनुपर्छ,’ उनले भने। सरकार मात्र नभएर राजनीतिक दलहरूले पनि आफ्ना कार्यकर्तालाई राहत तथा उद्धारमा खटाउनुपर्ने बताएका छन् । दलहरूको सिद्धान्त पनि राजनीतिलाई जनतासँग जोड्नु भएकाले त्यसबाट विमुख हुन नहुने महरको धारणा छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology