Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शिवालय मन्दिर कालिकानगरमा श्रीमद्भागवत ज्ञान महायज्ञ हुने

शिवालय मन्दिर कालिकानगरमा श्रीमद्भागवत ज्ञान महायज्ञ हुने

  • 1.4K
    SHARES

  • शिवालय मन्दिर कालिकानगरमा श्रीमद्भागवत ज्ञान  महायज्ञ हुने

    बुटवल,साउन २ ।

    बुटवल ११ मा रहको शिवालय मन्दिरमा श्रीमद् भागवत महापुराण तथा श्रृङ्गारिक महाआरति रूद्राभिषेक महाअनुष्ठान २०८१ हुने भएको छ ।श्रावण महिनाको बोलबमको पुनित अवसरमा साउन ७ देखि १४ गतेसम्म महाअनुष्ठान हुन लागेको बुधबार  मन्दिरमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो ।महायज्ञको उद्घाटन स्वामिनारायण मुक्तिनाथधामका प्रमुख संरक्षक लोकानन्द स्वामिले गर्नुहुने आयोजकको भनाई छ ।
    महायज्ञमा कथावाचक पण्डित चन्द्रकान्त काफ्लेले कथावाचन गर्ने शिवालय मन्दिर ब्यवस्थापन तथा यज्ञ सम्पादन मुल समिति बुटवल ११ कालिकानगरका अध्यक्ष रूद्रप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
    सो अवसरमा सचिव तारादेवि लम्साल,प्रचार प्रसार समितिका संयोजक बिष्णु भण्डारी,नेत्र भट्टराइ, कोषाध्यक्ष कमल पन्थी ,सदस्य डम्बर तिवारी लगायतले बोलेका थिए । बिस २०५६ साल फागुन २० गते स्थापना भएको मन्दिरमा २०५९ साल साउनबाट नियमित रूपमा हरेक सोमबार दिउसो १२ देखि २ बजेसम्म भजनकृतन हुने गरेको छ ।
    श्रावण महिना बोलबमको पुनित अवसरमा दैनिक कथा वाचन,भजन,कृतन,रूद्राभिषेक हुने बताईएको छ । मन्दिरमा रूद्रि,श्राद्ध,बिबाह,ग्रह कटाउने लगायतका दैनिक नित्य पुजाहरू हुन्छन् ।IMG_2064.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology