Logo बिहिवार, आश्विन १ गते २०८३
images

भैरहवामा नेकपा माओवादी केन्द्रले खोल्यो पार्टी कार्यालय

भैरहवामा नेकपा माओवादी केन्द्रले खोल्यो पार्टी कार्यालय

  • 2.5K
    SHARES

  • भैरहवामा नेकपा माओवादी केन्द्रले खोल्यो पार्टी कार्यालय

    भैरहवा,साउन १ ।

    रूपन्देहीको भैरहवामा नेकपा माओवादी केन्द्रले जिल्ला पार्टी कार्यालय स्थापना गरेको छ ।  मंगलबार माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हकिउल्लाह खानले कार्यालय उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा बोल्दै उनले व्यक्तिवाद हाबि भएका कारण पार्टीको जनमत निरन्तर घट्दै गइरहेको बताएका छन् ।

    उनले पार्टी निर्माणका लागि सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिए । सोही कार्यक्रममा बोल्दै माओवादी केन्द्रिय सदस्य तथा रूपन्देही इन्चार्ज बामदेव क्षेत्रीले विभिन्न समयमा माओवादीबाट अलग भएकाहरूलाई पार्टीमा फर्काउने काम भइरहेको जानकारी दिए । उनले पार्टीबाट अलग भएकाहरू संग समदुरीमा रहन कार्यकर्तालाई निर्देशन दिए ।

     माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पार्टी निर्माण  आधारहरू पहिचान गरेर अघि बढ्नु पर्नेमा जोड दिए । 
    अखिल क्रान्तिकारीले बुटवल बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेवि संघलाई पछि पार्दै दोस्रो स्थानमा हासिल गरेको उदाहरण दिदै दुस्ख गरे पार्टी निर्माण सम्भव भएको बताए ।

    माओवादी केन्द्र रूपन्देही संयोजनक निर्मल जिसिले सम्पूर्ण सरकारी कार्याल भैरहवामा र पार्टी कार्यालय बुटवलमा हुँदा काम गर्न असहज भएका कारण भैरहवामा पार्टी कार्यालय स्थापना गर्नु परेको जानकारी दिए । कार्यालय सञ्चालनमा आएपछि पार्टीको काम गर्न थप सहज हुने उनको विश्वास छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology