Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

‘बुटवललाई रक्तदानको हवका रुपमा बिकास गर्नुपर्छ’ : पौडेल

‘बुटवललाई रक्तदानको हवका रुपमा बिकास गर्नुपर्छ’ : पौडेल

  • 1.4K
    SHARES

  • ‘बुटवललाई रक्तदानको हवका रुपमा बिकास गर्नुपर्छ’ : पौडेल

    बुटवल, साउन १ ।

    सशक्त बचत तथा ऋण सहकारीले १६ औ वार्षिकोत्सवमा रक्तदान तथा गौशालामा सहयोग हस्तान्तरण कार्यक्रम गरेको छ । सहकारीमा सुशासन : प्रविधि र एकीकरण नारासहित स्थापना भएको सहकारीको एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं ४ का वडाअध्यक्ष नरिश्वर शर्मा पौडेल, सहकारीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदाताहरुलाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरे ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ४ का वडाअध्यक्ष नरिश्वर शर्मा पौडेलले बुटवललाई रक्तदानको हबका रुपमा चिनिने गरि यहाका युवाहरुको अभियान सफल रहेको बताए । समाजसेवाको उदाहरण पेश गर्न सफल भएको उनले दाबी गरे ।

    कार्यक्रममा सहकारीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले हाटबजारमा ब्यवसाय गर्ने निम्न आय भएका ब्यवसायीहरुबाट सहकारी स्थापना भएको बताए । चर्को ब्याज तिरेर लगानीमा ब्यवसाय गरेका ब्यवसायीहरुलाई सदस्यता बापत एक सय रुपैया संकलन गरि सहकारी स्थापना गरेको बताए । सहकारीका सदस्यहरु अहिले आर्थिक, सामाजिक विकास गर्न सफल भएको उनले बताए । बैकमा पहुच कम भएका ब्यक्तिहरुलाई लक्षित गरि स्थापना गरिएको सहकारी अहिले उत्कृष्ट योगदान गरेको बताए ।

    sasakta.jpeg

    कार्यक्रममा सहकारी उपाध्यक्ष भिमलाल ज्ञवाली, सचिव ईश्वरी प्रसाद पोखरेलले सहकारी सिद्धान्तमा रहेर कार्यसम्पादनका साथै सामाजिक कार्यमा समेत सधै अग्रसर रहेको बताए ।

    कार्यक्रममा संयोजक कृष्ण प्रसाद पौडेलले रक्तदानको महत्व समाजमा बुझाउने गरि निरन्तर अभियानका कार्यक्रम निरन्तरता जरुरी रहेको भन्दै सोमबार भएको रक्तदानमा ५० जनाले रक्तदान गरेको बताए । स्थापना दिवसको अवसरमा नन्दिनी गौशालालाई आहार वितरण समेत गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology