Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

अम्वानीले विवाहमा दिए शाहरुखसहित २५ जनालाई २ लाख डलरको सुनजडित घडी

अम्वानीले विवाहमा दिए शाहरुखसहित २५ जनालाई २ लाख डलरको सुनजडित घडी

  • 1.4K
    SHARES

  • अम्वानीले विवाहमा दिए शाहरुखसहित २५ जनालाई २ लाख डलरको सुनजडित घडी

    मुम्बई ,असार ३१ ।

    भारतीय उद्योगी मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीले लामो समयदेखिकी प्रेमिका राधिका मर्चेन्टसँगशनिबार विवाह गरेका छन्। अन्तर्राष्ट्रिय भीभीआईपी पाहुनासहित करोडौँ रुपैयाँ खर्चिएको यो विवाह अहिले पनिचर्चामा छ । 

     

    विवाहमा राधिका मर्चेन्टले सुनले सजाइएको लेहेँगा लगाएकी थिइन् भने अनन्त अम्बानीको विवाहको पोसाकको मूल्य२१४ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ ।  अहिले अनन्त अम्बानीले आफ्ना २५ जनाको दुलहाको टोलीलाईविवाहको दिन १.६७ करोड भारतीय रुपैयाँको लग्जरी घडी उपहार दिएको खबर सार्वजनिक भएको छ ।

    दुलहाको टोलीमा शाहरुख खान, सलमान खान, रणवीर सिंह, वीर पहाडिया, सलमान खान, मीजान जाफरी, शिखरपहाडियालगायत थिए । सबैलाई अनन्त अम्बानीले एउटा लग्जरी घडी उपहार दिएका थिए।

    अडेमार्स पीगे ब्रान्डको रोयल ओक पर्पेचुअल क्यालेन्डर प्रिमियर वाचको यो सीमित संस्करणको घडी १८ क्यारेटसुनबाट बनेको छ । जसको मूल्य २ लाख डलर अर्थात १.६७ करोड भारतीय रुपैयाँ पर्छ । दुलहाको टोलीले आफ्नोघडी देखाएको भिडियो पनि सार्वजनिक भएको छ ।

    एजेन्सी

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology