Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

नवलपरासीको धारापानीमा २२ हजार वटा ब्रोइलर कुखुरा मरे

नवलपरासीको धारापानीमा २२ हजार वटा ब्रोइलर कुखुरा मरे

  • 933
    SHARES

  • नवलपरासीको धारापानीमा २२ हजार वटा ब्रोइलर कुखुरा मरे

    नवलपरासी,असार २९ ।

    नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–४ धारापानीमा झन्डै २२ हजार वटा ब्रोइलर कुखुरा मरेका छन् ।

    अन्नपूर्ण रिसर्च फार्म सेन्टरमा रहेका २२ हजार ब्रोइलर कुखुरा आज बिहान अचानक मरेका प्रहरीले जनाएको छ । शंकर टण्डनको फार्ममा रहेका ६० हजार ब्रोइलर कुखुरामध्ये २२ हजार मरेका हुन् ।

    फार्मका तीन वटा कोठामा बिजुली आपूर्तिमा समस्या भएपछि अक्सिजन कमी तथा गर्मीले कुखुरा मरेका हुनसक्ने प्रहरीले जनाएको छ । तर अरू सङ्क्रमण पनि हुन सक्ने भएकोले विज्ञहरूबाट अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

    फार्मका सञ्चालक टण्डनले कुखुराको बीमासमेत नभएको बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology