Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

फेसन डिजाइनरसहित दिया बुटिक बुटवलमा,५ जनालाई रोजगारी

फेसन डिजाइनरसहित दिया बुटिक बुटवलमा,५ जनालाई रोजगारी

  • 1.6K
    SHARES

  • फेसन डिजाइनरसहित दिया बुटिक  बुटवलमा,५ जनालाई रोजगारी

    बुटवल,असार २८ ।

    बुटवलमा दिया डिजाइनर बुटिक सञ्चालनमा आएको छ । लेडिजका सम्पूर्ण कपडासहित बुटवल ११ कालिकानगर शिवालय मन्दिरअगाडि रहेको घरमा बुटिक सञ्चालनमा आएको हो । फेसन डिजाइनरसहित राखेर बुटिक सञ्चालन गरेको हो 

    बुटिकका सञ्चालक अस्मिता न्यौपानेले बुटवलमा यस्तो  किसिमको आधुनिक बुटिक आवश्यक भएकै कारण आफूले सञ्चालन गर्ने प्रयास गरेको बताइन्।  

    बुटिकले मुल्य, गुणस्तर र समयलाई अरुभन्दा फरक किसिमले राखेको उनले बताइन् । बुटिकमा लेडिजहरुलाई चाहिने अफिसियल, बिहे, पार्टी, ब्रतबन्ध, बर्थडे, एनिभर्सरी लगायत सबै किसिमको सामान र देश तथा विदेशमा अनलाइन सेवा पनि उपलब्ध छ । विभिन्न ड्रेस भाडामा उपलब्ध हुनेछ ।

    बुटिकको एक कार्यक्रमका बिच हिमान्शु बुटिक एण्ड ट्रेनिङ सेन्टरका प्रोपाइटर हिरा पेग्नीले उद्घाटन गर्दै  व्यवसाय सफलताको दिइन । लामो मेहनत र संघर्षले बुटिक सञ्चालन गर्न सफल भएको भन्दै पेग्नीले प्रशंसा गरिन्  ।

    साथै उनले बुटवलका लागि मात्रै नभएर यो बुटिक लुम्बिनी प्रदेशकै लागि अति आवश्यक रहेको भन्दै उनले सबैको रोजाइमा बुटिक पर्ने विश्वास व्यक्त गरिन् ।

    अब लेडिजका लागि चाहिने सबै प्रकारका आधुनिक किसिमले बनाएका कपडा एउटै ठाउँमा उपलब्ध हुने भएपछि ग्राहकहरुलाई पनि सहज हुने सञ्चालकको भनाई छ । १५ लाखको लगानीमा सञ्चालित बुटिकले ५ जनालाई रोजगारीसमेत दिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology