Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

बुटवलमा  रोयल एजुकेशनलले ‘चिया टक’ गर्ने

बुटवलमा  रोयल एजुकेशनलले ‘चिया टक’ गर्ने

  • 1.4K
    SHARES

  • बुटवलमा  रोयल एजुकेशनलले ‘चिया टक’ गर्ने

    बुटवल,असार २८ ।

    रोयल एजुकेशनल फाउण्डेसनले बुटवलमा ‘चिया टक’ कार्यक्रम गर्ने भएको छ।वैदेशिक शिक्षा सम्बन्धी परामर्श प्रदान गर्दै आएको फाउण्डेशनको बुटवलस्थित शाखाले बुटवलको ट्राफिक चौकस्थित चियावालामा कार्यक्रमको आयोजना गर्न लागेको हो।

    कार्यक्रममा वैदेशिक शिक्षासम्बन्धी विभिन्न विषयमा छलफल, परामर्श सत्रहरू, मनोरञ्जनात्मक गतिविधि, एवम उपहारको समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन्।

     वैदेशिक शिक्षा र भाषा परीक्षा तयारीका सम्बन्धमा महत्वपूर्ण परामर्शहरू प्रदान गर्नुका साथै विशेषज्ञहरुबाट परामर्श एवम् आकर्षक गतिविधिहरूमा सहभागी हुने अवसर पनि कार्यक्रमले प्रदान गर्ने आयोजकको विश्वास छ।

    कार्यक्रम ११ जुलाई २०२४ मा दिउँसो ४ बजे देखि साँझ ७ बजे सम्म चल्ने बताइएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology