Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

बुटवल कालिकानगरको केकेएफसी पुनः संचालनमा

बुटवल कालिकानगरको केकेएफसी पुनः संचालनमा

  • 1.7K
    SHARES

  • बुटवल कालिकानगरको केकेएफसी पुनः संचालनमा

    बुटवल,असार २८ ।

    बुटवल ९ कालिकानगरमा रहेको केकेएफसी पुनः संचालनमा आएको छ । केकेएफसी एक वर्षदेखि बन्द रहेको थियो ।करीब ६ करोड रुपैया लगानीमा बुटवलमा यो संचालनमा आएको थियो ।

    राजधानी बाहिर रोबोटबाट सेवा दिने यो पहिलो रेष्टुरेन्ट समेत हो ।अत्याधुनिक सुविधासम्पन्न फ्रेन्चाईची रेष्टुरेन्टलाई संचालक विष्णु प्रसाद शर्माले पुनः संचालनमा ल्याएका हुन । शुक्रबार एक समारोहका बिच विधिवत रुपमा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, संचालक विष्णु प्रसाद शर्मा, जनप्रतिनिधि सूर्य बहादुर कार्कीले उद्घाटन गरेका हुन ।

    कार्यक्रममा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले पछिल्लो समय आर्थिक मन्दी बढेसंगै पर्यटन क्षेत्र धरासायी भएको बेला बुटवलको शानका रुपमा रहेको पर्यटन प्रतिष्ठान पुनः खुल्नु निक्कै सुखद भएको बताए । ‘घरबेटीबाट नै होटल संचालनमा ल्याएर भएपनि पर्यटनलाई फस्टाउने गरि काम शुरु भएको छ ।’-उनले भने ।KKFC BUTWAL.jpg

    बुटवलको मयुर, आरके होटल, होराईजन फुडल्याड, केकेएफसी लगायत प्रतिष्ठान घरबेटीबाट संचालन गरिएको बताए । यसले बुटवलको सेवा उद्योगलाई सकारात्मक भएको उनले बताए । बजार चलायमान बनाउने गरि रात्रीकालिन बजार आजको आवश्यकता भएको उनले बताए ।

    काठमाडौमा रहेको केकेएफसीको फ्रेन्चाईची रेष्टुरेन्ट बुटवलको एक आकर्षक भएको हुदा पनि पुनः संचालनमा ल्याएको संचालक विष्णु प्रसाद शर्माले बताए । अहिले ५० लाख रुपैया लगानी गरेको उनले बताए । क्रिस्पी, क्रन्ची फ्राईड चिकन अर्थात (केकेएफसी) मा गुणस्तरमा विशेष ख्याल गर्ने र केन्द्रकै स्वादमा सेवा पाईने उनले बताए । जहा म्यानेजरसहित ७ जना कर्मचारीले रोजगार पाएका छन ।

    केकेएफसीका म्यानेजर बिष्णु प्रसाद श्रेष्ठले ओपनिङको अवसरमा केही समयलाई १५ प्रतिशत छुट दिईएको बताए । केकेएफसीमा २०० देखि २२ सय रुपैयासम्मका चिकनका आईटमहरु उपलब्ध हुनेछ । यसैगरि प्रत्येक हप्ता शुक्रबार ४५ प्रतिशतसम्म विशेष छुटको ब्यवस्था रहेको हुन्छ । होम डेलिभरीको समेत ब्यवस्था रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology