Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

रवि थापाको हत्या आरोपी कुँवर र कार्कीले गरे बुटवलमा आत्मसमर्पण

रवि थापाको हत्या आरोपी कुँवर र कार्कीले गरे बुटवलमा आत्मसमर्पण

  • 1.3K
    SHARES

  • रवि थापाको हत्या आरोपी कुँवर र कार्कीले गरे बुटवलमा आत्मसमर्पण

    बुटवल,असार २८ ।

    छुरा प्रहारबाट हत्या गरिएका राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्वसदस्य रवि थापाको हत्याका दुई आरोपीले आत्मसमर्पण गरेको रुपन्देही प्रहरीले जनाएको छ ।

    आत्मसमर्पण गर्नेमा बुटवलका किशोर कुँवर र कुस्मन कार्कीले शुक्रबार आत्मसमर्पण गरेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए ।

    राष्ट्रिय युवा संघ रुपन्देहीले घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कारवाही गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गर्दै दबाबमूलक कार्यक्रम गरेको थियो ।

    गत जेठ २ गते कालिकानगरको एक रेष्टुरेन्टमा छुरा प्रहारबाट घाइते भएका बुटवल–७ निवासी ३६ वर्षीय रविको उपचारका क्रममा असार १८ गते बिहान निधन भएको थियो । रविको हत्या आरोपीहरुले आत्मसमर्पण गरेकाले अब घटनाको थप अनुसन्धान अगाडि बढ्ने प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology