पाल्पा,असार २३ ।
पाल्पा जिल्लाको रामपुर नगरपालिकामा कपडा बैंक शुभारम्भ भएको छ । शनिबार एक कार्यक्रमका बिच क्लोथ एन्ड फुड बैंक नेपालको आयोजना र उपकार मार्ट रामपुर पाल्पाको सहकार्यमा नेपाली सिने जगतका महानायक राजेश हमालको प्रमुख आतिथ्यतामा कपडा बैंकको क्लोथ बक्सको शुभारम्भ गरिएको हो ।
क्लोथ बक्सको सुभारम्भ गर्दै महानायक राजेश हमालले कपडा बिहिनलाई कपडा दिने र पुरा कपडा मुक्त गर्ने पुन्य कार्यमा सहभागी हनुका सबैलाई लागी महानायक राजेश हमालले आग्रह गर्नुभयो भने मानवीय सेवा जस्तो पबित्र कार्यमा सहकार्य गरेकोमा उपकार मार्ट रामपुर पाल्पाको सम्पूर्ण परिवारलाइ धन्यवाद ज्ञापन गर्नुभयो ।
मानव सेवाका लागि देशको सातै प्रदेशमा सञ्चालन हुन लागेको क्लोथ एन्ड फुड बैंक नेपालले प्रयोगमा नआएको घरमा यत्तिकै रहिरहेको पुरानो लत्ता कपडा सञ्चालन गरी पुन प्रशोधन गरेर आवश्यक पर्नेहरुका लागि निःशुल्क वितरण गर्ने उदेश्य छ । देसका सातै प्रदेशमा सोरुमहरु संचालन गरेर हामि जो कोहिले प्रयोग गर्न मिल्ने छ ।
आफ्नो घर, टोल र समाजलाई सफा राखौ भन्ने नाराका साथ यो अभियान जारी रहेको क्लोथ एण्ड फुड बैक नेपालका अध्यक्ष कमल जीसीले बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाल भरका सम्पूर्ण स्थानीय तह तथा विभिन्न निकायलाई सहकार्यका लागि आह्वान गर्नुभयो । सुभाम्भको अबसरमा रामपुर उपकार मार्टका प्रमुख बिष्णु गौतम , उद्योग बाणिज्य संघ रामपुर पाल्पाका अध्यक्ष भोजेन्द्र ढकाल , क्लोथ एन्ड फुड बैंक पाल्पा जिल्ला संयोजक सुर्य जिसि , सामाजिक युवा अभियन्ता भरत क्षेत्रि लगायतले आ आफ्नो भनाइ राख्नु भएको थियो ।
कार्यक्रममा क्लोथ एन्ड फुड बैंक नेपालका सल्लाहकार एवं टुना टेक्नोलोजिका प्रमुख कार्यकारी अधिकृत राजिव गौतमले स्वागत मन्तव्य सगै कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नु भएको थियो ।
क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुइ बर्षमा देशलाई कपडा मुक्त बनाउने र २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ । अहिले सम्म १६० भन्दा बढी स्थानिय सरकार यो अभियानमा जोडिएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)