Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

दाङस्थित बबई नदीको पुल भत्कियो

दाङस्थित बबई नदीको पुल भत्कियो

  • 819
    SHARES

  • दाङस्थित बबई नदीको पुल भत्कियो

    दाङ,असार २३ ।

    दाङमा परेको अविरल बर्षाका कारण बबई नदीमा आएको बाढीले झोलुङ्गे पुलमा क्षति गरेको छ । 

    दंगीशरण गाउँपालिका वडा नं १ को रहरपुर र वडा नं ४ को बैबाङ जोड्ने झोलुङ्गे पुलमा बबई नदीमा आएको बाढीले क्षति गरेको हो । बबई नदीमा आएको बाढीले झोलुङ्गे पुलको दंगीशरण गाउँपालिका वडा नं १ रहरपुरतिरको पुलको पिलर बगाई पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभएको छ ।

    प्रहरी उपरीक्षक केसीका अनुसार शनिवार साँझ नदीमा आएको बाढीले पुललाई अड्याउने पिलरमा क्षति गरेको छ । बाढीले पुलमा क्षति गरेपछि उक्त झोलुङ्गे पुल भएर हिँडडुल गर्न बन्द गरिएको छ । पुलमा बाढीले क्षति गरेपछि स्थानीयलाई हिँडडुलमा समस्या भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology