Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२ वटा पसलमा आगलागी : घटनाबारे बुझ्न अध्ययन समिति गठन

२ वटा पसलमा आगलागी : घटनाबारे बुझ्न अध्ययन समिति गठन

  • 1.9K
    SHARES

  • २ वटा पसलमा आगलागी : घटनाबारे बुझ्न अध्ययन समिति गठन

    बुटवल,असार २१।

    बुटवल उपमहानगरपालिका वडा न ४ संगमपथमा संचालित २ वटा पसलमा आगलागी भएपछि बुटवल उद्योग बाणिज्य संघले आगलागिका सम्वन्धमा अध्ययन समिति गठन गरिएको छ ।

    संघको भवनमा रहेका पसलमा आगलागी भएपछि आकस्मिक रुपमा बसेको संघका पूर्वअध्यक्ष सहितको कार्यसमिति बैठकले आगलागिका सम्वन्धमा अध्ययन समिति गठन गरिएको छ ।

    संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले आगलागिको विषयमा अध्ययन गरी राय सुझाव दिनको लागि वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । उक्त समितिको सदस्यमा संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई रहेका छन् ।

    त्यस्तैगरी आगलागि भएका सटरलाई मर्मत सम्भार गरी तत्काल ती व्यवसायलाई पुनःस्थापित गर्ने वातावरण मिलाउन संघका महाससचिव मुक्तिप्रसाद अधिकारीको संयोजकत्वमा कोषाध्यक्ष बसन्तप्रसाद ढकाल र सचिव प्रतिक पोखरेल सदस्य रहेको समिति गठन गरिएको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology