Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल संगमपथमा संचालित २ वटा पसलमा आगलागी,लाखौँको क्षति

बुटवल संगमपथमा संचालित २ वटा पसलमा आगलागी,लाखौँको क्षति

  • 5.1K
    SHARES

  • बुटवल संगमपथमा संचालित २ वटा पसलमा आगलागी,लाखौँको क्षति

    बुटवल,असार २१।

    बुटवल उपमहानगरपालिका वडा न ४ संगमपथमा संचालित २ वटा पसलमा आगलागी भएको छ । गएराति साढे २ बजेको समयमा बिद्युत सर्ट हुँदा गिफ्ट पसल र फेन्सी पसल जलेर खरानी भएका छन् । 

    संगमपथमा रहेको बुटवल उद्योग बाणिज्य संघको पुरानो भवनमा संचालित ज्ञवाली गिप्ट पसल र जि फेन्सीमा आगलागी भएको ज्ञवाली गिप्ट पसलका संचालक रमेश ज्ञवालीले नागरिक अनलाइनलाइ जानकारी दिए ।ramrsh.jpg

    सोही घरको चौथो तलामा सुतिरहेको बेला राति साढे २ बजे धुवाको मुस्लो घरभित्र छिरेपछि होहल्ला गर्दै  दमकल र प्रहरीलाइ खबर गरेर आगो निभाइएको उनले बताए । 

    कोरोना कालमा बुटवल झरेर ४ बर्षदेखि गिप्ट पसलबाट ब्यवसाय शुरू गरेका ज्ञवालीले गएरातिको आगालागिबाट करिब ३० लाख बराबरको क्षति भएको बताए । पुरानो घरभएको र वाइरिङ्मा पटक-पटक समस्या देखिने गरेको उनले बताए ।उनले सुख दुख गरेरआफूले जोडेको सबै लगानी खरानी हुँदा मर्कामा परेको गुनासो गरे ।

    उनले सरकारी निकाय तथा अन्यबाट समेत  सहयोगको अपिल गरेका छन् । ज्ञवाली गिप्ट पसल र जि फेन्सीमा भएको आगलागीबाट करिब  १ कराेड ६० लाख बराबरको क्षति भएको  विवरण आएको प्रहरीको भनाइ छ ।

    जी फेन्सी स्टोरका सञ्चालक शंकर ज्ञवालीलीका अनुसार जी फेन्सी स्टोरको मात्रै १ करोड १० लाख बढीको क्षती भएको छ ।तत्काल स्थानीय, प्रहरी तथा बुटवल उपमहानगरपालिकाको दमकलको सहायताले करिव २ घटामा आगो नियन्त्रणमा लिईएको भएपनि आगलागि भएको दुई पसलमा पूर्ण रुपमा क्षती भएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए ।
    पसलमा भएको आगलागि नियन्त्रण हुन नसकेको भए त्यसबाट ठूलो क्षती व्यहोर्नुपर्ने स्थानीय समेत रहनुभएका बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए । 
     ago.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology