Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

प्रगति माबिमा एसइइ उत्तिर्ण बिद्यार्थीलाइ सम्मान

प्रगति माबिमा एसइइ उत्तिर्ण बिद्यार्थीलाइ सम्मान

  • 1.1K
    SHARES

  • प्रगति माबिमा एसइइ उत्तिर्ण बिद्यार्थीलाइ सम्मान

    बुटवल,असार १९ ।

    प्रगति माध्यमिक बिद्यालय बुटवल ११ ले माध्यमिक शिक्षा परिक्षा (एसइइ)मा उत्तिर्ण बिद्यार्थीलाइ सम्मान गरेको   छ । बिद्यालयमा एक कार्यक्रमको आयोजना गरि उनीहरूलाइ बधाई तथा सम्मान गरिएको बिद्यालयका प्रधानाध्यापक शिवकुमारी अर्यालले बताउनुभयो । प्रधानाध्यापक अर्यालले अहिले बिद्यालयले गति लिएको र आगामी दिनमा यसलाइ अझै उत्कृष्ट बनाउन ध्यान दिइने बताउनुभयो । 

    बिद्यालयका अध्यक्ष जितबहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा परिक्षामा सहभागि ३१ मध्ये उत्कृष्ट अंकसहित उत्तिर्ण भएका १० जनालाइ सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं कार्यपालिका सदस्य तथा वडा न ११ का वडा सदस्य  हेमा थामीले बिद्यालयले नतिजा सुधार्दै अघि बढेको भन्दै समुदायको साथमा प्रगति माबिले उल्लखनीय प्रगति गर्ने बताउनुभयो ।

    कार्यक्रममा बिशिष्ट सल्लाहकार प्रकाश रानाले बिद्यालयलाइ सबैखाले सहयोग प्रदान गर्ने बताउनुभयो । बिद्यालयका अध्यक्ष जितबहादुर मल्लले बुटवलमा प्रगति माबिको नतिजा सबैभन्दा राम्रो बनाएर बिद्यार्थीलाइ गाडीमा राखेरनगर परिक्रमागराएर सम्मान गर्न आफू आतुर रहेको बताउनुभयो । 

     कुल ६ सय विद्यार्थी रहेको प्रगतिमा निजी श्रोतसहित कुल २१ र दरबन्दी १७ जनाको रहेको छ । सो कार्यक्रम शिक्षक निशान खड्काको संचालनमा भएको थियो ।

     

    sammman.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology