Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मीका खेतमा २५ प्रतिशत धान रोपाइँ सकियो

गुल्मीका खेतमा २५ प्रतिशत धान रोपाइँ सकियो

  • 1.2K
    SHARES

  • गुल्मीका खेतमा २५ प्रतिशत धान रोपाइँ सकियो

    गुल्मी,असार १९।

    गुल्मी जिल्लामा २५ प्रतिशत धान रोपाइँ भएको छ । मध्य असार बित्दै गर्दा जिल्ला भर धमाधम धान रोपाइँ भइरहेको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।

    कतिपय स्थानमा धानको ब्याड समेत राख्ने गरेका छन् । जिल्लामा जेठको अन्तिम साताबाट रोपाइँ सुरु गरेर साउनको अन्तिम सातासम्म बर्खे धान खेती रोप्ने गर्दछन् ।गत वर्ष जिल्लामा यहिँ समयमा १२ प्रतिशत रोपाइँ भएको थियो । तर यसवर्ष असारको पहिलो साताबाट पानी पर्ने क्रम भइरहेकाले किसानहरु धानखेती रोप्न व्यस्त बनेका छन् । जिल्लामा कुल ९ हजार १५३ हेक्टरमा धान खेती गरिदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    त्यसमध्ये ४ सय ४५ क्षेत्रफलमा चैते धान रोपिदै आएको छ । जिल्लाभर रामधान, खुमल ४, खुमल ६, खुमल १०, हंसराज, मकवानपुर १, खुमल ८, हर्दिनाथ, आँप झोते, जडन, लामे जात लगायतका धान यहाँका कृषकहरुले लगाउने गरेका छन् ।हाइब्रिड जातहरुमा च्याम्पियन, शंकर, उपज लगायत रहेका छन् । यसवर्ष कृषि ज्ञानकेन्द्रले रैथाने बाली संरक्षण गर्न भन्दै धानको बीउ समेत वितरण गरेको थियो ।

    जिल्लामा हाल ३ हजार ६ सय २६ क्षेत्रफमा वर्षभरि नै सिंचाइको व्यवस्था रहेको छ । ६ हजार ६ सय ९० क्षेत्रफल खेतमा आशिंक सिंचाइको व्यवस्था रहेको छ ।जिल्लामा सबैजसो ठाउमा सिंचाईको प्रयाप्त व्यावस्था नहुँदा किसानहरु आकाशे पानीमा भरपर्नु पर्ने बाध्यता छ । गाउँमा धेरै जनशक्ती बिदेसीदै जाने गर्नाले ज्याला मजदुरी गर्ने खेतालाहरु नपाएको भन्दै खेतीयोग्य जमिन बाँझो हुनेक्रम पनि वढ्दै जान थालेको छ ।

    जिल्लामा धानखेती कालीगण्डकी गाउँपालिकाको अर्बेनी, कनौटा र छापचौर, सत्यवतीमा लिम्घा, अस्लेवा, खैरेनी ,साहाघाट र चेहमीका फाँटहरुमा रहेका छन् । त्यस्तै मुसिकोट नगरपालिकामा तल्लाफाँट, इन्दे्रगौडां, भुवाचिदि, वामीटक्सार, पौदीअरेवा, धान खेती हुन्छ ।

    गुल्मीदरबारको गरमटारी, खरज्याङ, टारीफाँट र घोडाहाफाँट, छत्रकोटको खरज्याङ, मनवाग, अगाहा, उल्लिखोला रुरुको टाहाटिम, घिउँवेशी लगायतका क्षेत्रमा धान खेती गरिदैं आएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।

    मालिका गाउँपालिकाको सिमलटारी, मदानेको सिर्सेनीको सिम, अग्लुङफेदी र भनभनेको तल्लो क्षेत्र, धुर्कोटको पनाहाखोला र छल्दीको आसपास, इश्माको चौरासी फाँट, हुलाके, छल्दीखोलाको र निस्ती खोलाको आसपासमा धान खेती गरिंदै आइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology