असार,बुटवल १८ ।
लायन्स क्लब अफ बुटवल शान्तीदिपले तिलोत्तमा दुई तपाहा लाईनमा रहेको आशो सम्बोधि संघको आश्रममा फलफूलका बिरुवा रोपेको छ । बर्ष २०२४-२०२५ को पहिलो कार्यक्रम अन्तर्गत आज बिरुवा रोपेको हाे ।
कार्यक्रममा प्रमुख अतिथी अन्तराष्ट्रिय लायन्स क्लव जिल्ला परिषद ‘३२५ पि’ का गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ् र आशो आश्रमका स्वामी ध्यान गगनले बृक्षारोपणमा सहभागी भएर पर्यावरण र यसले मानव जीवनमा पुर्याउने फाइदाको बिषयमा चर्चा गर्नुका साथै शान्तिदिपको नमुना कामको प्रशंसा गरेका थिए ।
कार्यक्रममा दोस्रो भाईस डिष्ट्रिक गभर्नर सन्दिप कशौधन , डिष्ट्रिक सेक्रेटरी लायन्स माधव खनाल, डिष्ट्रिक कोषध्यक्ष लायन्स प्रकाश श्रेष्ठ ,एरिया चिफ लायन्स दिपक श्रेष्ठ,कलष्टर चिफ लायन्स बिमला गैरे ,एरिया सचिव लायन्स अमृता पौडेल, शान्तिदिपका संस्थापक अध्यक्ष तथा रिजन चेयर व्याक्ति बाबुराम खनाल ,पुर्व अध्यक्ष चेत नारायण अधिकारीका साथै क्लवका सम्पुर्र्ण पधादिकारी र सदस्यको सहभागिता रहेको थियो ।
सचिव लायन्स लक्ष्मी नारायण खनालको सञ्चालनमा सम्पन्न कार्यक्रमको अध्यक्षता लायन्स बिशाल पन्थीले गरेका थिए भने कार्यक्रमको संयोजनको जिम्मेवारी प्रथम उपाध्यक्ष रामहरि भुषालले गरेका थिए ।
स्थापना काल देखि बिभिन्न सामाजिक सेवामा क्रियाशिल लायन्स क्लव शान्ति दिपको बर्ष ०२४-०२५ को हिजो बसेको पहिलो बोर्ड बैठकले बार्षिक कार्ययोजना बनाउनुका साथै अध्यक्ष बिशाल पन्थीले बार्षिक कार्यक्रमको क्यालेण्डर समेत प्रस्तुत गरेका छन् । आगामी दिनमा क्लव लाई अझै गतिशील बनाएर लैजाने पन्थीले बताएका छन् । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)