बुटवल, असार१८ ।
स्प्लाइस ब्रान्डको नयाँ प्लाईउड बुटवलमा लन्च गरिएको छ । लुम्बिनी प्रदेशको लागि प्रमुख विक्रिताको रुपमा बुटवल ११ कालिनगरमा रहेको मेचीकाली ट्रेड सेन्टरमा मंगलबार एक कार्यक्रमका विच उक्त नयाँ पोडक्ट लन्च गरिएको नेपालका लागि स्पालार्यस कम्पनीका डाईरेक्टर अनिल अधिकारीले जानकारी दिए ।
उनका अनुसार प्लाईउड, लेमिनेट ढोका र माईका समेत उत्पादन गर्दै आएको कम्पनीले २० बर्ष वाटर फ्रुप सहितको प्लाईउड बजारमा ल्याएको हो ।नयाँ ल्याइएको पोडक्टलाई लेमिलेट पोड्क्ट भोलुम २ नामा दिइएको कन्टी डाईरेक्टर अधिकारीको भनाई रहेको छ ।
उनका अनुसार पूर्णरुपमा वाटर प्रुफ पोडक्ट रहेका छन् ।यो भन्दा पहिला पनि सोही प्रकृतिको पोडक्ट बजारमा ल्याएको कम्पनीले भोलुम २ को मापदण्डमा अन्तराष्ट्रिय स्तरको पोड्क्ट बजारमा ल्याएको हो ।
जसमा २० बर्षको समेत वारेन्टी प्रदान गरिएको छ । मेचिकाली टे«ेड सेन्टरका सञ्चालक माधव ज्ञवालीका अनुसार ३ बर्ष पहिला पूर्ण रुपमा प्लाईउडको विक्री वितरण गर्ने गरी ट्रेडको सुरुवात गरिएको थियो । यो भन्दा पहिला विगत १४ बर्ष देखि ज्ञवालीले मनसुन प्लाई सञ्चालन गर्दै आएका थिए । जसमा अहिले पनि डोर र डोर संग सम्बन्धी विभिन्न बस्तु विक्रि वितरण गर्दै आएको छ ।मोडलुर किचनमा प्रयोग हुने प्लाईउडमा २० बर्षको वारेन्टी नै प्रदान गरिएको उनले जानकारी दिए ।

मेचिकाली ट्रेड सेन्टरका सञ्चालक ईलेक्टिकल ईन्जीनयर कुशल न्यौपानेले नेपाली उद्योगले उत्पादन गरेको प्लाईउड, सनमाईका लगायतका उत्पादन विक्रि गर्दै आएको बताए ।
उक्त सेन्टरले ईन्टेरियर डेकोरेसनको काम सहित मोडुलर किचनको समेत सबै काम गर्दै आएको छ । जसमा एलिक, सिजि कम्पनीका चिम्नीको समेत आधिकारिक बिक्रेता भएर काम गर्दै आएको हो । उक्त सेन्टरमा ५ करोड लगानी गरिएको छ । जसमा प्रत्यक्ष रुपमा १२ जना र अप्रत्यक्ष रुपमा २२ जना भन्दा बढिले रोजगारी पाएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)