जुलाइ १,युएई ।
सैनामैना सेवा समाज युएईको तेस्रो अधिबेशनबाट निर्वाचित नया कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । बैठकले सैनामैना नगरपालिकामा संचालित सामुदायिक बिधालयमा अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ ।
नगरभित्र संचालित सामुदायिक बिधालयमध्ये अति बिपन्न, असहाय बिधार्थिहरूको पहिचान गरि उनिहरूको शैक्षणिक बिकाशका लागि बिधालयमा अक्षयकोष स्थापना गरिने संस्थाका अध्यक्ष बिष्नु प्रसाद पन्थिले बताए १ उनले, समग्र संस्थाको निर्णयमा सैनामैना क्षेत्रमा विभिन्न सामाजिक कार्यमा काम गर्दै अघि बढ्ने उल्लेख गरे ।
नब निर्वाचित कार्य समितिको पहिलो बैठक एबं भेलाले विभिन्न समितिहरू मनोनित समेत गरेको छ । जस अन्तर्गत, संस्थाको संरक्षक समिति र सल्लाहकार समिति बिस्तार गरिएको छ । बैठकले संस्थाका पुर्ब अध्यक्ष केशव ढकालको संयोजकत्वमा ३ सदस्यीय संरक्षक समिति चयन गरेको छ । जसमा निबर्तमान अध्यक्ष युवराज भट्टराई र निबर्तमान बरिस्ठ उपाध्यक्ष मोहन बमरेल संरक्षक समितिमा मनोनित भए १ यस्तै संस्थाका संस्थापक अध्यक्ष राम प्रसाद पाण्डे प्रमुख सल्लाहकार रहने गरि सल्लाहकार समिति मनोनित गरिएको छ ।
जस अन्तर्गत सल्लाहकारहरूमा बिनु के सि, मनिराम भट्टराई, नोखा बस्नेत, अनिस पौडेल, बिष्णु प्रसाद पाण्डे,ज्ञानदेब घिमिरे, बासुदेभ चौधरी, कृष्ण प्रसाद भट्टराई, डिआर पाण्डे, सीता थापा, नारायण प्रसाद पाण्डे, मुमान सिंह बमरेल, ईश्वरि न्यौपाने जिबलाल गौतम रहनुभएको छ ।
यस्तै बैठकले सागर कोइराला लाई संस्थाको प्रबक्तामा मनोनित गरेको छ भने सांस्कृतिक बिभाग प्रमुखमा कृष्ण प्रसाद भट्टराई लाई मनोनित गरेको छ १ संस्थाका उपाध्यक्ष महेश्वर घिमिरेको संयोजकत्वमा आजिबन सदस्य बिस्तार बिभाग समेत मनोनित भएको छ। सोहि अबशरमा निर्वाचित नया कार्यसमितिलाइ निर्वाचन प्रमुख केशव ढकालले सपथ ग्रहण गराउनुभएको थियो ।
बैठकले, संस्थामा आवद्द पदाधिकारीले २ बर्षे कार्यकाल भित्र आजिबन सदस्यता लिनुपर्ने निर्णय समेत गरेको छ । संस्थाका अध्यक्ष बिष्नु प्रसाद पन्थिको अध्यक्षता, प्रमुख संरक्षक केशव ढकालको प्रमुख आतिथ्यता भएको कार्यक्रम महासचिव सुरेन्द्र परियारको संचालनमा सम्पन्न भएको हो ।
सैनामैना सेवा समाजमा करिब २०० जना सदस्य कृयाशिल छन् । संस्थाले आगामि अगस्ट २५ तारिक नारिहरूको महान पर्व हरितालिका तिजको अबशरमा बृहत् तिज सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)