Logo बिहिवार, आश्विन १ गते २०८३
images

लेखक,स्रष्टा र साहित्यकारसंग बुटवलमा ‘कांग्रेस संवाद’

लेखक,स्रष्टा र साहित्यकारसंग बुटवलमा ‘कांग्रेस संवाद’

  • 1.5K
    SHARES

  • लेखक,स्रष्टा र साहित्यकारसंग बुटवलमा ‘कांग्रेस संवाद’

    बुटवल,असार १६ ।

    नेपाली कांग्रेस क्षेत्र न २ रुपन्देहीले ‘कांग्रेस संवाद’ श्रृङ्खलालाइ जारी राखेको छ । एक कार्यक्रम गरि लेखक,स्रष्टा र साहित्यकारसंग कांग्रेसले संवाद गरेको हो ।

    नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं २ निर्वाचन क्षेत्र र वरपरका अग्रज र अब्बल करिव तिन दर्जन बिभिन्न बिधाका लेखक, साहित्यकार र श्रष्टाहरुको बाक्लो उपस्थितिका बिच कार्यक्रम गरिएको क्षेत्रिय सभापति प्रजापाल गिरीले जानकारी दिए  । सो अवसरमा बोल्ने बक्ताहरूले पार्टीले आफूहरूलाइ नखोजेको र चुनावमा मात्रै प्रयोग गरेको भन्दै गुनासो सुनाए । लेखक,स्रष्टा र साहित्यकार गहना नभएर राष्ट्रकै सम्पत्ती भएको बताए । 

    सो अवसरमा बोल्दै महासमिति सदस्य बालकुमारी भण्डारीले लोकतन्त्र प्राप्तिका लागि लेखक, साहित्यकार र श्रष्टाहरुको बिशेष भूमिका भएको बताइन् । कार्यक्रममा बोल्दै बरिष्ट साहित्यकार बनमाली निराकारले लेखक,स्रष्टा र साहित्यकारलाइ नेताहरूले  गहना भनेर भन्ने तर सधेभरी लकरमा थन्काउने काम भएको भन्दै आपत्ती प्रकट गरे ।

    सो अवसरमा कांग्रेस नगर उपसभापति ज्योति भण्डारी,जिल्ला सदस्य माया गौतम,क्षेत्रिय सचिव बिमलराज भट्टराइ,नेपाली लेखक संङ्घका अध्यक्ष लिलाधर पाण्डे,लेखक बाबुराम पाण्डे, युवराज कडेँल,गोपाल पन्थी,कपिल ज्ञवाली,गोपाल चापागाइ,कविता पन्थी,सरस्वति बस्याल,डिल्ली नारायण पाण्डे,जिबनारायण सापकोटा,हरि रेग्मी लगायतले बोल्दै यसप्रकारको कांग्रेस संवाद’ श्रृङ्खलालाइ जारी राख्न अनुरोध गरेका छन् ।

    nc.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology