बुटवल,असार १६ ।
लायन्स क्लव अफ बुटवल सनसाईनमा पदहस्तान्तरण भएको छ ।बुटवलमा एक समारोहका बिचमा बर्ष २०२४-२०२५ का लागि रश्मी अर्याल खरेलले पद सम्हान्नुभएको हो । बर्ष २०२३-२४ का अध्यक्ष प्रभा सापकोटाले अर्याललाइ पद हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष जमुना पाण्डेले क्लवलाइ नमुना र उत्कृष्ट बनाउन सबै एक भएर अघि बढ्नुपर्ने बताउनुभयो ।पुर्व अध्यक्षहरु संकल्प हमाल,आरती खनाल ,सचिव सविना थापा,कोषाध्यक्ष पुष्पा पोखरेल लगायतले बोल्नुभएको हो । कार्यक्रममा अध्यक्ष र सचिव र कोषाध्यक्षको प्रतिबेदन पेश गरिएको थियो । त्यस्तै गरि बर्ष २०२४-२०२५ का कोषाध्यक्ष रमा ज्ञवाली सचिव माया गंगा गैरे लगायतले बोल्नुभएको थियो ।
सो अबसरमा बोल्ने बक्ताहरुले क्लवको इतिहास र गरिमा कायम राख्न नया नेतृत्वलाइ आग्रह गरेको थियो । बर्ष २०२४-२५ का अध्यक्ष रश्मी अर्याल खरेलले क्लवलाइ आफ्नो कार्यकालमा क्यालेण्डर नै बनाएर सामाजिक काम गर्ने प्रतिबद्धता जनाउनुभयो । सो अबसरमा क्लवलाइ सहयोग गर्ने सम्पूर्णलाइ मायाको चिनो सहित सम्मान गरिएको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)