Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

तीन दिन नै कार्यक्रम गरेर होटल ब्यवसायीले मनाए २६ औँ स्थापना दिवस

तीन दिन नै कार्यक्रम गरेर होटल ब्यवसायीले मनाए २६ औँ स्थापना दिवस

  • 954
    SHARES

  • तीन दिन नै कार्यक्रम गरेर होटल ब्यवसायीले  मनाए २६ औँ स्थापना दिवस

    बुटवल,असार १६ ।

    होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले २६ औँ स्थापना दिवसमा तीन दिन नै विभिन्न कार्यक्रम गरेर मनाएको छ ।रक्तदान, रामापिथेकस पार्क सरसफाइ र संस्थापक, पूर्वअध्यक्ष र भाडादरमा छुट दिने घरधनीलाई सम्मान गरेर स्थापना दिवस सम्पन्न गरेको हो ।

    समापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले यस क्षेत्रका होटल व्यवसायीहरु टिकिरहने अवस्था निकै जटिल रहेको बताए । उनले निकै गाह्रो अवस्थाबाट होटल व्यवसायीहरु रहेको उल्लेख गर्दै आवश्यक समन्वयको लागि बुटवल उपमहानगर तयार रहेको बताए । मेयर पाण्डेयले होटल व्यवसायी क्षेत्र चलायमान बनाउनको लागि रात्रीकालीन बजारको लागि पहल भएको बताउँदै हाइमास्ट लाइट तथा स्ट्रिट लाइटको व्यवस्थापन गरिएको उल्लेख गरे ।

    संघका अध्यक्ष लेखनाथ भण्डारीले कोराना महामारी र त्यसपछि सृजित आर्थिक मन्दीले पर्यटनले ठूलो मन्दीको सामना गर्नुपरेको बताए । त्यसको लागि राज्य तहबाट व्यवसायलाई साथ आवश्यक रहेको बताए । कार्यक्रममा संस्थापक केन्द्रिय अध्यक्ष माधव नेपालले होटल क्षेत्रको पहिलेको अवस्था र अहिलेको अवस्थाको बारेमा बताएका थिए । निवर्तमान अध्यक्ष रामप्रसाद गौतमले यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रचार गर्न आवश्यक रहेको बताए ।

    पूर्वअध्यक्ष महेन्द्र श्रेष्ठले उनले आर्थिक मन्दीमा समेत भाडामा छुट दिनेलाई हरेक संघसंस्थाले सम्मान गर्नुपर्ने उल्लेख गरे । संघका वरिष्ठ उपाध्यक्ष माधवकुमार खनालले यस क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा लाग्न आवश्यक रहेको बताए । उनले पर्यटन क्षेत्र उजार गर्न बाँकी रहेको बताउँदै भारतीय पर्यटक नेपाल ल्याउनुपर्ने बताए । कार्यक्रमको सञ्चालन महासचिव अर्जुन थापाले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, आषाढ १६ २०८११०:२३:५४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology