Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदै

आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदै

  • 1.7K
    SHARES

  • आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदै

    काठमाडौँ,असार १५ ।

    आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदैछ । नेपालमा २०६१ सालदेखि हरेक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ । यसपाली २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो । यस वर्ष ’जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा तय गरिएको छ ।

    यसले धानको उत्पादन एवम् उत्पादकत्व बढाउन भूमिका खेल्ने सरकारको विश्वास छ ।गतेलाई नेपाली समाजमा दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ। धान रोपाइँ गरी खाजाको रूपमा दहीचिउरा खाने चलन छ।खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

    रोपाइँका क्रममा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।रोपाइँको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही चिउरा खान्छन्।

    यो वेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्धक मानिन्छ। नेपालको मुख्यबालीको रूपमा रहेको धानबाट बन्ने चिउरा पनि पौष्टिक पदार्थ मानिएको छ। यसैले दही चिउरा खाने संस्कृति फैलिएको संस्कृतिविद् बताउँछन्। dhan ropai.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology