Logo बुधवार, श्रावण १३ गते २०८३
images

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा दिवसमा दुइवटा कार्यक्रम

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा दिवसमा दुइवटा कार्यक्रम

  • 1.1K
    SHARES

  • मानव अधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा  दिवसमा दुइवटा कार्यक्रम

    बुटवल,असार १२ ।

    मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा दुइवटा दिवस एकैसाथ मनाएको छ । लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस र यातना पिडितहरुको सहायतार्थ अन्तर्राष्ट्रिय दिवस मनाएको हो ।

    बुटवल ११ देबीनगरमा रहेको गार्गी एकेडेमीमा सचेतनामुलक कार्यक्रम गरिएको समाजका रुपन्देही सभापति खिमप्रसाद भट्टराइ कृष्णले जानकारी दिनुभयो ।  २६ जुनलाई यातना पिडितहरुको सहायतार्थ अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाइन्छ । यस्तै  बढ्दो लागु औषध दुरुपयोग ओसारपसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वास्थ्य जीवन जीउने वातावरण सिर्जनाका लागि हरेक वर्षको जुन २६ मा यो दिवस मनाउने गरिन्छ ।लागू औषध-मदिरा दुव्र्यसन विरुद्ध शान्ति समाजले अभियान नै चलाएको मकेन्द्रिय सदस्य डिपि खनालले बताउनुभयो । 

    सो अवसरमा बिदालयका प्राचार्य भुवन अधिकारी,बिद्यालयका संचालक जीवन अधिकारी,शान्ति समाजका सचिव कृष्ण पाण्डे,युवा संयोजक महेश शर्मा पौडेल,सदस्य रत्ना कडेल लगायतले बोल्नुभएको थियो । कार्यक्रम समाजका रुपन्देही सभापति खिमप्रसाद भट्टराइ कृष्णको अध्यक्षता तथा समाजका सचिव कृष्ण पाण्डेको संचालनमा भएको हो । लागु औषध-मदिरा दुव्र्यसनको रोकथामका लागि राज्य, समाज र नागरिकले विशेष पहल गर्नुपर्ने सहभागिको भनाइ छ ।448762116_1007131967001481_8543131951091603078_n.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology