Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

तिलोत्तमामा माइक्रोबसको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु

तिलोत्तमामा माइक्रोबसको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु

  • 1.7K
    SHARES

  • तिलोत्तमामा माइक्रोबसको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु

    बुटवल,असार ११।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका २ शंकरनगरस्थित सडकमा माइक्रोबसको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ । शंकरनगरबाट बनबाटिकातर्फ जाँदै गरेको लु १ ख ४५६६ नम्बरको माइक्रोबसको ठक्करबाट सोही नगरपालिका २ बस्ने बेली घर्तीकी छोरी ५ वर्षीया रेखा घर्तीको सोमबार दिउँसो मृत्यु भएको छ ।  

    ठक्करबाट गम्भीर घाइते भएकी उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले माइक्रोबस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology