Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शुद्धोधनको नीति तथा कार्यक्रम : एक वडा एक बाली पकेट क्षेत्र बनाइने

शुद्धोधनको नीति तथा कार्यक्रम : एक वडा एक बाली पकेट क्षेत्र बनाइने

  • 1.6K
    SHARES

  • शुद्धोधनको नीति तथा कार्यक्रम : एक वडा एक बाली पकेट क्षेत्र बनाइने

    बुटवल,असार ७ ।

    रुपन्देहीको शुद्धोधन गाउँपालिकाले शिक्षा,स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

    गाउँपालिकाको १६ औं  गाउँसभामा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले नीति तथा कार्यक्रम पेश गरेका हुन् ।३९ पेजमा प्रस्तुत गरिएको निती  तथा कार्यक्रममा "शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन र पुर्वाधा:सुशासन र समृद्व शुद्धोधन गाउँपालिकाको आधार "भन्ने मुल नारालाई उल्लेख गरिएको छ।गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले गाउँपालिकाबाट कृषि तर्फ वितरित किसान सेवा कार्डलाई थप व्यवस्थित गरिदै लगिने बताउनुभयो।

    एक वडा एक बाली पकेट क्षेत्र कार्यक्रमलाई प्राथमिकताका आधारमा अगाडि बढाइने,  रासायनिक मलको समस्यालाई न्यूनीकरण गर्न किसानलाई जौविक खेति तथा जैविक मल उत्पादन गर्नेतर्फ प्रोत्साहन गरिने,किसानलाई उत्पादनमा आधारित अनुदानको व्यवस्था कार्यक्रमलाई प्राथमिकता साथ अगाडि बढाइने,कृषकको उत्पादन लागत कम गर्न कृषि यान्त्रिकरणलाई प्राथमिकता दिइने,सिचाईलाई व्यवस्थित गर्न भै. लु. भु. ज. तथा अन्य योजना अन्तर्गतका सिचाई नहरलाई मर्मत गरी थप व्यवस्थित गरिने  उल्लेख छ।

    पशु तर्फ दुध, अण्डा र मासुमा आत्मनिर्भर बनाउन व्यवसायिक पशुपन्छी पालक कृषकलाई प्रोत्साहन गर्ने नीति अबलम्बन गरिने, पशुबाट मानिसमा सर्ने रोगहरू फैलिन नदिन सचेतनामूलक कार्यक्रम संचालन गरिने,घाँसमा आधारित पशुपालन गरी उत्पादन लागत कम गर्न "घाँस बिकास" कार्यक्रमलाई जोड दिइने, कृषकले पालन गर्दै आएका सबै पशुहरूमा खोपकार्यक्रम संचालन गरी "पूर्ण पशु खोप यूक्त" गाउँपालिका बनाउन कार्यक्रम संचालन गरिने नीति कार्यक्रममा उल्लेख छ।

    सहकारी विकासतर्फ उद्योग, व्यापार, पर्यटन, कृषिलाई गाउँपालिकाको प्रमुख आर्थिक विकासको आधारको रुपमा लिइ सोही अनुसार विकास गर्दै लगिने,दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न सार्वजनिक-निजी-सहकारी क्षेत्रको सहकार्य मार्फत स्थानीय स्रोत साधनको समुचित प्रयोग तथा परिचालन गरी दिगो स्थानीय आर्थिक विकास गर्ने नीतिलाई निरन्तरता दिइने लगायतका वुदाहरु उल्लेख छ। 

    शिक्षातर्फ "गुणस्तरीय शिक्षा शुद्धोधनको प्रतिबद्धता” भन्ने मूल नारा सहित गुणस्तरीय शिक्षाका लागि आवश्यक कार्ययोजना निर्माण गरी कार्यान्वयन गरिने अध्यक्ष बस्यालले बताए । सामुदायिक विद्यालयका शिक्षकहरूलाई सूचना तथा संचार प्रविधि सम्बन्धि तालिम दिइ क्रमशः सबै कक्षा कोठामा प्रविधिमैत्री वातावरण सृजना गरिने,सामुदायिक विद्यालयमा आवश्यक न्यूनतम शिक्षक दरबन्दी व्यवस्थापन गरी एक कक्षाकोठा एक शिक्षक कार्यक्रम क्रमशः कार्यान्वयन गरिने,सामुदायिक, संस्थागत तथा धार्मिक विधालयमा स्थानीय विषयको पाठ्यपुस्तकको छपाई एवं प्रयोगमा निरन्तरता दिइने नीति कार्यक्रममा उल्लेख छ।

    स्वास्थ्यतर्फ गाउँपलिकाभित्र रहेका स्वास्थ्य संस्थामार्फत आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने अधिकारलाई सुनिश्चित गरिने,आकस्मिक स्वास्थ्य सेवालाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउँदै स्वास्थ्यको संम्बर्धन तथा रक्षाका लगि स्वास्थ्यतर्फका कर्मचारीहरूलाई अझ बढी जिम्मेवार तथा उत्तरदायी बनाइने,बालबालिकाहरूको शारीरिक तथा मानसिक विकासमा प्रत्यक्ष असर पार्ने कुपोषणको समस्यालाई समाधान गर्न पञ्चवर्षीय योजना बनाई लागू गरिने,शुन्य होम डेलिभरी अभियान कार्यक्रमलाई निरन्तरता दिदै यस आ.व. भित्र बाँकी रहेका बडाहरूलाई समेत शुन्य होम डेलिभरी बडा घोषणा गरि सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन समुदायको संलग्नता सुनिश्चित गरिने र स्वास्थ्य बिमा कार्यकमलाई थप व्यवस्थित र प्रभावकारी बनाई सेवाको सन्तुष्टिको दर र दायरालाई बढाईने अध्यक्ष बस्यालद्वारा प्रस्तुत नीति कार्यक्रममा उल्लेख गरिएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology