Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रचण्डले महत्वकांक्षा बोकेका केहि नेताहरुलाई हातमा लिएर प्रधानमन्त्री ओली विरुद्ध खेल खेले :महासचिव विष्णु पौडेल

प्रचण्डले महत्वकांक्षा बोकेका केहि नेताहरुलाई हातमा लिएर प्रधानमन्त्री ओली विरुद्ध खेल खेले :महासचिव विष्णु पौडेल

  • 3.2K
    SHARES

  • प्रचण्डले महत्वकांक्षा बोकेका केहि नेताहरुलाई हातमा लिएर प्रधानमन्त्री ओली विरुद्ध खेल खेले :महासचिव विष्णु पौडेल

    वुटवल,पुस १९-

    नेपाल कम्युनिष्ट पार्टि  (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पदको लोभमा पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको सहमति बिपरित काम गरेकाेले पार्टी बिभाजनकाे दिशामा भएकाे बताएका छन्  ।

    प्रचण्डले पार्टीका केही महत्वकांक्षा बोकेका नेताहरुलाई हातमा लिएर प्रधानमन्त्री केपि ओली विरुद्ध लागेको नेता पौडेलले आरोप लगाए । 

    सफल रुपमा सरकारकाे नेतृत्व गरेका प्रधानमन्त्री केपि ओलीलाई असहयोग गरेका कारण प्रतिनिधिसभा विघटनको स्थिती आएको पौडेलकाे दाबि छ । केपी ओली पक्षीय नेकपाका महासचिव पौडेलले नेकपामाथि पार्टी भित्रैबाट धारिलो हतियार प्रहार भएको बताएका हुन् ।

    बुटवलमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षको जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका नेता पौडेलले भने-‘राजनीतिक घटनाक्रमलाई एक-एक गरेर हेर्ने हो भने नेपालले केपी ओलीको सरकारको तीन बर्षमा हालसम्मकै सबैभन्दा धेरै समृद्धि हासिल भएको छ,।

    प्रधानमन्त्री ओलीमाथी लगाईका आरोप फिर्ता लिदै भुल र कमजोरीलाई स्वीकार गरेर मुल घरमा फर्किनुस्, हामी तपाईहरुको स्थान खाली राखेका छौं ।’ उनले भने ।

    युवा संघका नेता राजु गुरूङको चुनौती :‘महासचिव कमरेड बुटवलमा मसंग चुनाव लड्ने हिम्मत छ ?’

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology