Logo बिहिवार, आश्विन १ गते २०८३
images

जेसीज सप्ताह : बुटवल जेसीजले रक्तदानदेखि समृद्ध बुटवलबारे अन्तरक्रियासम्म गर्ने

जेसीज सप्ताह : बुटवल जेसीजले रक्तदानदेखि समृद्ध बुटवलबारे अन्तरक्रियासम्म गर्ने

  • 1.9K
    SHARES

  • जेसीज सप्ताह  : बुटवल जेसीजले रक्तदानदेखि समृद्ध बुटवलबारे अन्तरक्रियासम्म गर्ने

    बुटवल,असार ५ ।

    बुटवल जेसीजले जेसीज सप्ताह मनाउने भएको छ । जेसीज सप्ताह भोली बिहिबारदेखि शुरू हुनेछ ।जेसीज सप्ताहको पुर्वसन्ध्यामा बुधबार बुटवल जेसीजले पत्रकार सम्मेलन गरि कार्यक्रमको तयारी बारे जानकारी गराएको हो ।

    जेसीज सप्ताह अन्तर्गत युवाहरूको ब्यक्तित्व र नेतृत्व विकासका साथै विभिन्न रचनात्मक कार्यक्रम गरिने बुटवल जेसिजका अध्यक्ष विनोद घिमिरेले जानकारी दिए ।जेसीज सप्ताहको उद्घाटनसँगै बुटवलका टोल विकास संस्थाका पदाधिकारीलाई बिहिबार नै प्रभावकारी भाषणकला तालिम दिइने छ ।त्यस्तैगरि शुक्रबार योग प्रशिक्षण, शनिबार रक्तदान, ९ गते संक्षित योजना बैठक, १० गते बर्तमान अर्थतन्त्र–समृद्ध बुटवलको लागि सम्भावना र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम गरिने छ । त्यस्तै असार ११ गते बुटवलका ग्रामिण क्षेत्र वडा नं। १९ मा निःशुल्क बृहत स्वास्थ्य शिविर, १२ गते मानसिक स्वास्थ्य सचेतना गरिने छ ।

    जेसीज सप्ताहको अन्तिम दिन असार १३ गते बुटवल जेसीजको मातृत्वमा स्थापना भएको जेसीजहरुलाई लक्षित गरेर ‘हाम्रो मातृत्व, हाम्रो सन्तती ः विगत वर्तमान र भविश्य’ विषयक अन्तरक्रिया तथा फेलोशिप गरिने जेसीज सप्ताह मुल आयोजक समितिका संयोजक तथा बुटवल जेसीजका कार्यकारिणी उपाध्यक्ष माधव पराजुलीले बताए ।

    बुटवल जेसीजले मातृत्व प्रदान गरेर स्थापना भएका शाखाहरुलाई सक्षम र सवल बनाउने दायित्व पनि हुने भएकाले ती शाखाहरुलाई लक्षित गरेर कार्यक्रम गर्न लागिएको अध्यक्ष घिमिरेको भनाइ छ ।

    पत्रकार सम्मेलनमा बुटवल जेसीजका मिडिया कोर्डिनेटर नारायण घिमिरेले कार्यक्रमको तयारी बारेमा जानकारी दिए।‘उज्ज्वल भविश्यका लागि नेतृत्व’ नारा सहित युवालाई नेतृत्व तथा व्यक्तित्व विकासका कार्यक्रम सञ्चालन गरिरहेको बुटवल जेसीजले साता व्यापि विभिन्न कार्यक्रम गरी जेसीज सप्ताह मनाउन लागेको हो ।बुटवल जेसीजको मातृत्वमा ७ वटा शाखा स्थापना भएका छन् ।btl jci.jpg

    यस्ता छन् कार्यक्रमहरू :

    पहिलो दिन – प्रभावकारी भाषण कला तालिम
    मिति :२०८१ असार ६ गते विहिबार
    समय : बिहान ८:०० बजे
    स्थान : एसियन पार्टी प्यालेस, बुटवल-९
    संयोजक : जेसी नारायण घिमिरे `भावुक´

    दोस्रो दिन – योग प्रशिक्षण कार्यक्रम
    मिति :२०८१ असार ७ गते शुक्रबार
    समय : बिहान ५ बजे
    स्थान : आर्ट अफ लिभिङ सेन्टर, चिडियाखोला
    संयोजक : जेसी विराट जोसी

    तेस्रो दिन – रक्तदान कार्यक्रम
    मिति :२०८१ असार ८ गते शनिबार
    समय : ७:३० बजे
    स्थान : जेसीज सचिवालय
    संयोजक : जेसी डा. मनिष श्रेष्ठ

    चौथो दिन- बृफिङ एण्ड प्लानिङ मिटिङ
    मिति : २०८० असार ९ गते आइतबार
    समय : बिहान ८ बजे
    स्थान : जेसीज सचिवालय

    पाँचौ दिन – वर्तमान अर्थतन्त्र- समृद्ध बुटवलका लागि सम्भावना र चुनौती विषयक कार्यक्रम
    मिति:२०८० असार १० गते सोमबार
    समय : दिउँसो १:०० बजे
    स्थान: जेसीज सचिवालय
    संयोजक :- जेसी मोहन न्यौपाने

    छैठौं दिन- निशुल्क बृहत् स्वास्थ शिविर
    मिति: २०८१ असार ११ गते मंगलबार
    समय : बिहान ८:०० बजे
    स्थान : अमर मावी, बुटवल-१९
    संयोजक : जेसी रमेश पाण्डे

    सातौं दिन – मानसिक स्वास्थ्य सचेतना कार्यक्रम
    मिति:२०८१ असार १२ गते बुधबार
    समय : बिहान ८:०० बजे
    स्थान : जेसीज सचिवालय
    संयोजक : महेश पौडेल क्षेत्री

    आठौं दिन – हाम्रो मातृत्व हाम्रो सन्तती, विगत, वर्तमान र भविष्य विषयक कार्यक्रम
    मिति : २०८१ असार १३ गते विहिबार
    समय: दिउँसो ४:०० बजे
    स्थान : जेसीज चोक
    संयोजक : रमेश पाण्डे वशिष्ठ

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology