Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पोखरेललाई जर्मनीको विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधी प्रदान

पोखरेललाई जर्मनीको विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधी प्रदान

  • 1.8K
    SHARES

  • पोखरेललाई जर्मनीको विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधी प्रदान

    बुटवल,असार २ ।

    रूपन्देहीका सफल युवा व्यवसायी जगत पोखरेललाई जर्मनीको विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेको छ । जर्मनीको कस्सेलमा रहेको हिस्सेन इन्टरनेस्नल युनिभर्सिटीले उहाँलाई व्यवसायीक र सामाजिक क्षेत्रमा सफल र अनुभवी व्यक्तिको रुपमा मानार्थ विद्यावारिधी प्रदान गरेको हो ।

    लामो समयदेखि व्यवसायीक र सामाजिक क्षेत्रबाट अतुलनीय योगदान गरेको र व्यवसायीक तथा सामाजिक क्षेत्रमा अमुल्य अनुभव हासिल गर्दै सफलता प्राप्त गरेकोले उहाँलाई मानार्थ विद्यावारिधी प्रदान गरिएको युनिभर्सिटीले जनाएको छ ।

    पाल्पामा जन्मेर बुटवल हुँदै हाल काठमाडाैँमा रहेका सफल र सक्रिय युवा व्यवसायी पोखरेलले अहिले धेरै जनाको सानो सानो रकम संकलन गरी ठूला परियोजना सञ्चालन गर्ने उद्धेश्यका साथ क्राउड फन्डीङ्ग कम्पनी स्थापना गर्ने गृहकार्य तिव्र रुपमा गरिरहनु भएको छ ।

    नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष पोखरेल दर्जनौ सामाजिक संघ संस्था मार्फत तीन दशकदेखि सामाजिक सेवामा क्रियाशिल हुनुुहुन्छ ।

    व्यवसायीक क्षेत्रमा उहाँ लघुवित्त महासंघ नेपाल, ट्रष्ट माइक्रो इन्स्योरेन्स, भिजन लुम्बिनी कम्पनी लिमिटेड, भिजन लुम्बिनी उर्जा कम्पनीलगायतका कम्पनीको संस्थापक र वहालवाला अध्यक्ष हुनुहुन्छ भने आरम्भ चौतारी माईक्रो फाईनान्सको संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँ लुम्बिनी मेडिकल कलेज पाल्पाको पनि संस्थापक हुनुहुन्छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology