बुटवल,पुस १९-
नेकपा स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डका कारण पार्टी एकता संकटमा परेकाे दाेहाेर्याएका छन् ।
रुपन्देही जिल्लास्तरीय स्तरीय अगुवा कार्यकर्ता भेलालाई आइतवार बुटवलमा सम्बोधन गर्दै पोखरेलले पार्टी विभाजन रोक्नका लागि आफू र महासचिव विष्णु पौडेलले भगीरथ प्रयत्न गरेपनि असफल भएको दाबि गरे ।
उनले भने-‘प्रचण्डले केपी शर्मा ओलीमाथि लगाएको आरोप पत्र फिर्ता लिन तयार भएको भए आज संसद बिघटन हुनेथिएन,यसको मुख्य जिम्मेवार प्रचण्ड हुन् ।’
‘पार्टी महासचिव र मैले प्रयास गर्यौं, अनेकन विकल्प सुझायौं । संकटमा नपरोस् भन्नका लागि भगीरथ प्रयत्न गर्यौं । हामीले देखाएको सदाशयतालाई वास्ता नगरेपछि, त्यसको मुख्य जिम्मेवार प्रचण्ड नै हो’ ।
पोखरेलले प्रचण्डले सरकारविरुद्ध समान सत्ता चलाउन खोजेको र संसदलाई आफ्नो स्वार्थमा हिँडाउन खोजेकै कारणले संकट उत्पन्न भएको बताए ।
उर्जामन्त्री तथा नेता टोपवहादुर रायमाझीले प्रचण्डले माओवादी जनयुद्धको विरासत धान्न नसकेको बताए । उनले आफूहरुले लिगेसी छाडेको भनेर आरोप लगाए पनि प्रचण्ड नै विचलित भएको बताए ।
उनले भने– हामी त प्रचण्डले सर्वसम्मत रुपमा पार्टी अध्यक्ष र प्रधानमत्री मानेका केपी ओलीसँगै छौं, उहाँ चाहिँ माधव नेपाललाई कार्की पार्टी प्यालेसमा टीका लाएर हिँड्नुभयो ।
अगुवा कार्यकर्ता भेलालाई उर्जामन्त्री तथा नेता टोपवहादुर रायमाझी,महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेता छबिलाल विश्वकर्मा लगायतका नेताहरुले सम्बोधन गरेका छन् ।
याे पनि :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)