Logo बिहिवार, आश्विन १ गते २०८३
images

विश्व रक्तदाता दिवसमा विभिन्न कार्यक्रम

विश्व रक्तदाता दिवसमा विभिन्न कार्यक्रम

  • 2.3K
    SHARES

  • विश्व रक्तदाता दिवसमा विभिन्न कार्यक्रम

    बुटवल,असार १ ।

    नेपाल मानव धर्म सेवा समिती बुटवलले ‘रक्तदान जीवनदान आत्माज्ञान,अति महान सेवा गर्ने हाम्रो अभियान’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै विश्व रक्तदाता दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाएको छ ।

    कार्यक्रममा सहभागी  भैइ धेरै पटक रक्तदान गर्ने ईश्वर गुरुङ्ग, शेखर थापा, कमला मल्ल, भानुभक्त गौतम ,शैलेस खनाल लगायतलाई सम्मान गरेर मनाएको संस्थाका अध्यक्ष चोपनारायण बन्जाडेले बताए।

    अन्य सम्पुर्ण रक्तदाताहरु लाई रक्तदाता मिलन तथा जलपान गराईएको युवा संगठनका संयोजक दिपक पंगेनीले बताए । कार्यक्रमको समापन गर्दै महात्मा अम्बिका बाईजिले जसरी समाजिक सेवामा युवाहरु जागरुक हुँदै गएको सन्दर्भमा आध्यात्मिक क्रान्तिको लागि पनि युवा जागरुक हुन आवस्यक रहेको बताइन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology